`

कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका अध्यक्षलाई लक्षित गरी गोली प्रहार

Nepal One HD ५ वैशाख २०८२ १०:०५
प्रमुख खबर

कपिलवस्तु । कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेशशरण चौधरीलाई लक्षित गरी गोली प्रहार भएको छ । बिहीबार मध्यरातमा मायादेवी गाउँपालिका– १ पकडीस्थित निवासमा नै गोली प्रहार भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

राति बिजुली गएका बेला शौचालय गएर फर्कने क्रममा आफूमाथि गोली प्रहार भएको चौधरीले बताएका छन् । गोली प्रहरबाट छलिएकाले आफूलाई कुनै चोटपटक नलागेको उनले बताएका छन् ।

घटनास्थलबाट एक थान गोलीको खोका बरामद भएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।


प्रतिक्रिया