सरकारले धवलशमशेरको उपचार हुन नदिने षड्यन्त्र गरेको समितिको आरोप

प्रमुख खबर

काठमाडौं । राजसंस्था पुनस्र्थापनाका लागि भन्दै गठित ’संयुक्त जनआन्दोनल परिचालन समिति’ ले राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवलशमशेर राणाको उपचार हुन नदिने षड्यन्त्रमा सरकार लागेको आरोप लगाएको छ ।
समितिका प्रवक्ता स्वागत नेपालले शुक्रबार विज्ञप्ति जारी गरी संयुक्त जनआन्दोलन परिचालन समितिका संयोजक तथा राप्रपा महामन्त्री डा. धवलशमशेर राणा लामो समयदेखि तीनकुने गोलीकाण्डका सन्दर्भमा झुठो मुद्दामा फसाइएर क्यान्सरजस्तो गम्भीर रोगको उपचार नपाई पीडादायी अवस्थामा रहेकाले उपचारको व्यवस्था गर्न माग गरेका हुन् ।
उनले राणा यसअघि नै नियमित रूपमा आवधिक परीक्षणको लागि चिकित्सकले दिएको समयमा भारतको मुम्बईमा उपचारका लागि जानुपर्नेमा सरकारले जान नदिएको आरोप लगाएका छन् । उनले राणालाई उपचारका लागि पठाउन माग गरेका छन् ।

प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट