`

हमास गाजा युद्ध अन्त्य गर्ने कैदी आदान–प्रदान सम्झौताका लागि तयार

Nepal One HD ५ वैशाख २०८२ १३:२५
विश्व

गाजा । हमासले गाजा युद्ध रोक्नको लागि इजरायली बन्धकलाई प्यालेस्टिनी कैदीहरूसँग साटासाट गर्ने सम्झौतामा वार्ता गर्न तयार रहेको बताएको छ ।

हमासले तत्काल प्याकेजमा वार्ता सुरु गर्न तयार रहेको जनाउदै प्यालेस्टिनी कैदीहरूलाई रिहा गरेको गाजाका लागि हमासका प्रमुख खलील अल–हयाले एक भिडियोमार्फत जनाएका छन् ।

यो प्रक्रिया युद्धको समाप्ति, गाजाबाट इजरायली सेना फिर्ता तथा पुनर्निर्माणको सुरुवात र इजरायली घेराबन्दीको अन्त्यको लागि भएको अल–हय्याले बताए ।

उनले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र इजरायली सरकारलाई नेतन्याहुको ‘युद्ध जारी राख्ने राजनीतिक एजेन्डाको सम्झौतालाई प्रयोग गरेको आरोप लगाउदै हमास यो नीति कार्यान्वयनको हिस्सा नबन्ने’ बताए ।

इजिप्ट र कतारी वार्ताकारहरूले हमासलाई प्रस्ताव गरेको सम्झौतामा करिब १० जना बन्धकहरूको रिहाइ र अस्थायी युद्धविराम समावेश छ । हमासले विज्ञप्तिमार्फत प्रस्तावको समीक्षा गर्दै आन्तरिक परामर्श पूरा गरेपछि आफ्नो प्रतिक्रिया पेस गर्ने जनाएको छ ।

गत मङ्गलबार भएको इजरायली हमलापछि बुधबार नेतान्याहुको कार्यालयले गाजामा अझै पनि बन्धकहरूको रिहाइका लागि ‘कदम जारी राख्न’ इजरायली वार्ताकारहरूलाई निर्देशन दिएको बताएको छ ।

इजरायलले हमाससँगको दुई महिने युद्धविरामपछि मार्च १८ मा गाजामा आक्रमण पुनः सुरु गरे देखि एक हजार ६९१ जनाको मृत्यु हुनुका साथै चार हजार ४६४ घाइते भएको गाजाका स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।


प्रतिक्रिया