`

नाफाभन्दा सेवा विस्तारलाई प्राथमिकतामा राख्न सञ्चार सचिवको निर्देशन

काठमाडौँ, २९ पुस : सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदीले सञ्चार क्षेत्रमा तीव्र प्रतिष्पर्धा भइरहेको भन्दै अति विकट तथा दुर्गम क्षेत्रमा सेवाविस्तार तथा वितरण गर्दै डिजिटल नेपाल बनाउने सरकारको अवधारणा कार्यान्वयनमा सहयोग गर्नुपर्नेमा जोड दिनुभएको छ ।

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)को सोह्रौँ वार्षिक साधारणसभाको अवसरमा यहाँ आज आयोजित कार्यक्रममा सोह्रौँ वार्षिक प्रतिवेदन पेस गर्दै सञ्चालक समितिका अध्यक्ष समेत रहनुभएका सचिव सुवेदीले विद्युतीय सुशासनको क्षेत्रमा थप सहयोगी भूमिका निर्वाह गर्ने तथा अप्टिकल फाइबरको माध्यमबाट सूचना महामार्ग निर्माण गरी सेवाको विस्तार तथा गुणस्तर अभिवृद्धिका लागि कम्पनीले आफ्ना कार्यक्रम परिलक्षित गरिरहेको बताउनुभयो ।

साधारणसभाले आर्थिक वर्ष २०७९/८० को मुनाफा रकममध्येबाट प्रतिशेयर रु ४० का दरले शेयरधनीलाई नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत पारित गरेको छ । साधारणसभामा करिब ९२ प्रतिशत शेयरको प्रतिनिधित्व गर्ने शेयरधनीको उपस्थिति थियो । सभाले आव २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदनसहित २०८० असार मसान्तको वासलात, नाफानोक्सान हिसाब, नगद प्रवाह विवरण तथा अन्य अनुसूचीहरुउपर छलफल गरी सर्वसम्मतले पारित गरेको छ ।

साधारणसभाले महालेखा परीक्षकको कार्यालयको परामर्श तथा कम्पनीको लेखापरीक्षण समितिको सिफारिसबमोजिम आव २०८०/८१ का लागि कम्पनीको लेखापरीक्षण गर्न चार्टर्ड एकाउन्टेन्टद्वय नरेन्द्र भट्टराई र महेशकुमार गुरागार्इंलाई लेखापरीक्षक नियुक्त गर्नाका साथै पारिश्रमिक तोकेको छ । त्यसैगरी, सञ्चालक समितिमा सर्वसाधारण शेयरधनीका तर्फबाट प्रतिनिधित्व गर्ने एकजना सञ्चालकका रुपमा मनिषजङ्ग जोशी निर्विरोध निर्वाचित हुनुभएको छ ।

समीक्षा अवधिमा कम्पनीको भ्वाइस सेवातर्फको बजार हिस्सा सात दशमलव ८२ प्रतिशतले वृद्धि भई ६१ दशमलव ५१ प्रतिशत पुगेको अध्यक्ष सुवेदीले बताउनुभयो । “आन्तरिक तथा बाह्य वातावरणमा देखिएका विविध प्रतिकूलताका बीच कम्पनीले कूल रु ४४ दशमलव ४२ अर्ब आम्दानी गरी रु सात दशमलव ९२ अर्ब मुनाफा आर्जन गर्न सफल भएको छ”, उहाँले भन्नुभयो ।

स्थानीय तहमा कानुन अधिकृत आवश्यक छ : सभामुख घर्ती मगर

चन्द्रौटा (कपिलवस्तु), २९ पुस : लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले स्थानीय तहमा कानुन अधिकृत आवश्यक रहेको बताउनुभएको छ । कपिलवस्तुका जनप्रतिनिधिसँग प्रदेशसभा र स्थानीय तहबीच कानुन निर्माण तथा सभा सञ्चालनसम्बन्धी अन्तरक्रियापश्चात् पत्रकारसँग कुराकानी गर्दै उहाँले स्थानीय तहका जनप्रतिनिधिमा कानुनसम्बन्धी विज्ञता कम भएको र कर्मचारी पनि नहुँदा कानुन निर्माण तथा कार्यान्वयनमा समस्या देखिएको छ भन्नुभयो

उहाँले भन्नुभयो “यस अघि पनि केही जिल्लाका जनप्रतिनिधिसँग अन्तरक्रिया गर्दा कानुन निर्माणमा समस्या रहेको गुनासो आएको थियो । प्रदेशको आगामी अधिवेशनमा स्थानीय तहमा कानुन, ऐन, नियमावली, निर्देशिकाहरू निर्माण तथा कार्यान्वयन गर्न सहज हुने गरी व्यवस्था मिलाउन प्रयास गरिने छ । ”

स्थानीय तहका कानुन प्रदेश र सङ्घका कानुनसँग बाझिएको जनाउँदै यसमा सचेत भएर कानुन निर्माण गर्नुपर्ने बताउनुभयो । स्थानीय तहका जनप्रतिनिधिहरूले आफ्नो काम र कर्तव्यबारे अध्ययन गर्न आवश्यक रहेको रहेको उहाँले उल्लेख गर्नुभयो । “कतिपय ठाउँमा मेयर, उपमेयरको अधिकारको विषयमा विवाद भएको पाइन्छ”, उहाँले भन्नुभयो, “स्थानीय तहले कानुन बनाउन समस्या देखेपछि केन्द्र स्थानीय सरकार सञ्चालन ऐन २०७४ निर्माण गरी कार्यान्वयन गर्न भनेको छ ।”

सभामुख घर्ती मगरले सङ्घीयताका मर्म नबुझ्दा समाजमा सङ्घीयता विरुद्धको तत्व हाबी भएको बताउनुभयो । सङ्घीयतालाई बलियो बनाउँदै आफ्नो अधिकारको प्रयोग गरी जनप्रतिनिधिको क्षमता वृद्धि गर्न सकेमा सङ्घीयताको औचित्य पुष्टि हुने उहाँले बताउनुभयो ।

श्रीलङ्काले विमानस्थल सुरक्षाकर्मीको सङ्ख्या बढाएर १ हजार ३२५ पुर्याउने

श्रीलङ्काले विमानस्थल सुरक्षाकर्मीको सङ्ख्या बढाउने तयारी गरेको छ । सुरक्षाकर्मी बढाएर १ हजार ३२५ सम्म पुर्याउने योजना बनाएको बताइएको छ । बन्दरगाह, जहाज र उड्डयन मन्त्रालयले आइतबार विज्ञप्ति जारी गर्दै सो बारे जनाकारी गराएको हो ।

बन्दरगाह, पानीजहाज तथा उड्डयन मन्त्री निमल सिरिपाला डे सिल्भाले विज्ञप्ति जारी गर्दै अहिले विमानस्थल तथा उड्डयन सेवा श्रीलङ्कामा १ हजार १२० सुरक्षाकर्मी कार्यरत रहेको जानकारी दिनु भएको छ ।

सरकारले सबै विमानस्थलको सुरक्षा व्यवस्था मजबुत बनाउन चाहेको पनि मन्त्रीले जनाकारी दिनु भएको छ । उहाँले बन्दरनायके अन्तरराष्ट्रिय विमानस्थलमा अत्याधुनिक सुरक्षा निगरानी उपकरण जडान गरिएको पनि बताउँनु भएको छ ।

यी नयाँ उपकरणको जडानले विमानस्थलबाट लागुऔषध तथा अन्य प्रतिबन्धित वस्तुको तस्करी रोक्न सहयोग पुग्ने मन्त्रीको विश्वास

नेपाल राष्ट्र बैङ्कबाट जारी भएको निर्देशन विपरीत हुण्डी कारोबार गर्ने दुई पक्राउ

काठमाडौँ, २९ पुस : नेपाल राष्ट्र बैङ्कबाट जारी भएको निर्देशन विपरीत हुण्डी कारोबार गर्ने दुईजनालाई प्रहरीले आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक चौँरीदेउराली गाउँपालिका-५ घर भई हाल जिल्ला काठमाडौँ कपन बस्ने ३९ वर्षीय भीमसेन गौतम र चितवन राप्ती नगरपालका-४ घर भई हाल काठमाडौँ सुकेधारा बस्ने ४२ वर्षीय राजु गौतम रहेको रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक मिलन केसीले जानकारी दिनुभयो ।

उहाँका अनुसार काठमाडौँ महानगरपालिका-२२ महाबौद्ध क्षेत्रमा भीमसेन गौतम समेतका व्यक्तिले हुण्डीमार्फत वित्तीय कारोबार गरिरहेको भन्ने विशेष सूचनाका आधारमा निजहरुलाई पक्राउ गरिएको हो । प्रहरीले गौतमका साथबाट नेपाली रु एक हजार दरका ६ सय थान नोट, र रु पाँच सय दरको चार सय थान नोट गरी रु आठ लाख बरामद गरेको छ ।

यसैगरी राजु गौतमको महाबौद्धस्थित कुमारी आर्केटको २०२ नंको राधाकृष्ण जनरल स्टोरबाट विभिन्न बैङ्क तथा सहकारीको १७ वटा चेकमा उल्लिखित रकम रु सात लाख ९७ हजार र नगद नेपाली रु एक हजार दरको ३९ थान नोट र पाँच सयका दरको एक हजार ७२ थान नोट गरी जम्मा रु पाँच लाख ७५ हजार फेला परेको प्रवक्ता तथा प्रहरी उपरीक्षक केसीले बताउनुभयो ।
पक्राउ परेकाहरुलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडाँै पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

पोखरामा भोलिदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब भलिबल प्रतियोगिता सुरु हुँदै

कास्की, २९ पुस : पोखरामा भोलिदेखि चौथो संस्करणको ‘टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लबस्तरीय महिला तथा पुरुष भलिबल’ प्रतियोगिता सुरु हुँदैछ ।
खेलकुद विकासमा क्रियाशील टाइगर ग्रुप अफ पोखराको आयोजनामा पोखरा रङ्गशालास्थित भलिबल भलिबल ट्रेनिङ सेन्टरमा हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको टाइगर ग्रुप अफ पोखराका अध्यक्ष नारायण शर्माले आज आयोजित पत्रकार सम्मेलनमा बताउनुभयो ।

उहाँका अनुसार उद्घाटन खेल घरेलु टोली गण्डकी प्रदेश र नेपाल आर्मी क्लबबीच हुनेछ । यसैगरी, महिलातर्फ विभागीय टोली एपीएफ क्लबले नेपाल पुलिस क्लबको सामना गर्नेछ । प्रतियोगिताका लागि रङ्गरोगन, सरसफाइ, स्टेज तथा अस्थायी प्यारापिट निर्माण गरी खेलमैदानको मर्मतसम्भार गरिएको छ ।

प्रतियोगितामा पहिलोपटक दुई विदेशी क्लब र सहभागी टोलीमा विदेशी खेलाडी सामेल भएपछि प्रतियोगिता विगतका संस्करणमा भन्दा थप रोचक र प्रतिस्पर्धी हुने शर्माको विश्वास छ । प्रतियोगिताका लागि पोखरा रङ्गशाला भलिबल ट्रेनिङ सेन्टरमा १० हजार जना अट्ने अस्थायी प्यारापिट तयार गरिएको छ ।

हरेक दिन महिला र पुरुषतर्फका दुई–दुई गरी चार खेल हुने प्रतियोगिता संयोजक दीपक कार्कीले जानकारी दिनुभयो । भारत हरियाणा राज्यको महिला पुलिस क्लब पहिलोपटक प्रतियोगिताका लागि पोखरा आइपुगेको छ । यसैगरी, चन्द्रागिरि नगरपालिका न्यू डायमन्ड स्पोर्टस क्लब, गण्डकी प्रदेश र तीन विभागीय टोली नेपाल पुलिस क्लब, नेपाल आर्मीको त्रिभुवन क्लब र सशस्त्र प्रहरीको एपीएफ गरी छ टोलीले सहभागिता जनाउनेछन् ।

पुरुषतर्फ श्रीलङ्काको आर्मी टोलीले पहिलोपटक सहभागिता जनाउने भएको छ । पुरुषतर्फ तीन विभागीय टोली नेपाली सेनाको त्रिभुवन क्लब, नेपाल पुलिस क्लब र सशस्त्र प्रहरीको एपीएफ क्लब, हेल्प नेपाल स्पोर्टस क्लब र आयोजकको टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

यस वर्ष पुरस्कार राशिमा वृद्धि गरिएको अध्यक्ष शर्माले जानकारी दिनुभयो । विजेता महिला तथा पुरुष टोलीलाई रु पाँच लाख ५५ हजार पाँच सय ५५ सहित ट्रफी मेडल साथमा प्रमाणपत्र पुरस्कार प्राप्त गर्नेछन् । यसैगरी, उपविजेता पुरुष तथा महिलाको टोलीले रु दुई लाख ५५ हजार पाँच सय ५५ का दरले र तृतीय हुने टोलीले रु एक लाख २५ हजार पाँच सय ५५ पुरस्कार पाउनेछन् । प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी महिला तथा पुरुषलाई जनही नगद रु २५ हजार पाँच सय ५५ पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

यसैगरी, उत्कृष्ट सर्भर, उत्कृष्ट सेटर, उत्कृष्ट ब्लकर, उत्कृष्ट लिव्रो, उत्कृष्ट स्पाइकर र उत्कृष्ट प्रशिक्षकलाई जनही रु १० हजार पाँच सय ५५ का दरले पुरस्कार प्रदान गरिने प्रतियोगिताका प्रचार संयोजक इन्द्रप्रसाद पौडेलले बताउनुभयो । देशका लागि आवश्यक राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरका खेलाडी उत्पादनसहित पोखरालाई खेलकुद सहरमा विकास गर्न प्रतियोगिताले सहयोग पुग्ने आयोजकको विश्वास छ । प्रतियोगिता माघ ६ गतेसम्म सञ्चालन हुनेछ ।

सतर्कता केन्द्रले निजी क्षेत्रलाई पनि अनुगमन गर्नेगरी विधेयक मस्यौदा

काठमाडौँ, २९ पुस : निजी क्षेत्रका कम्पनी, फर्म, एजेन्सी, सङ्घ–सङ्गठन, गुठी तथा आम उपयोगी सेवासमेतको अनुगमनलाई राष्ट्रिय सतकर्ता केन्द्रको अधिकार क्षेत्रभित्र राख्ने गरी विधेयकको मस्यौदा तयार पारिएको छ ।

नेपाल कानुन आयोगले तयार पारेको ‘राष्ट्रिय सतर्कता केन्द्रको काम, कर्तव्य र अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ को मस्यौदामा यो विषय समेटिएको हो ।

आयोगले विधेयकको मस्यौदामाथि आज सरोकारवाला निकायसँग अन्तरक्रिया गर्दै सुझाव लिएको छ । सार्वजनिक निकाय र सार्वजनिक पदमा आसीन व्यक्तिले आफ्नो अधिकार र जिम्मेवारीअन्तर्गतका काम कारबाही सम्पादन गर्दा अनुचित कार्य र अनियमितता हुन नदिन आवश्यक सूचना सङ्कलन, आकस्मिक जाँच तथा निगरानीलगायतका काम राष्ट्रिय सतर्कता केन्द्रले गर्दै आएको छ । त्यस्तै, आयोजनाको विकास, निर्माण र सञ्चालनका सम्बन्धमा गुणस्तर परीक्षण र अनुगमनको काम पनि केन्द्रले गर्दै आएको छ । नयाँ बनेको विधेयकको मस्यौदामा निजी क्षेत्र र आम उपयोगी सेवा क्षेत्रको अनुगमनलाई पनि सतर्कता केन्द्रको कार्यक्षेत्रभित्र राख्ने प्रस्ताव गरिएको छ ।

“निरीक्षण र अनुगमन गर्दा अनियमितता गरेको वा उपभोक्तालाई अनावश्यक दुःख, हैरानी दिएको वा स्वीकृत मापदण्ड बमोजिम सेवा उपलब्ध नगराएको पाइएमा सतर्कता केन्द्रले त्यस्तो निजी संस्थाउपर आवश्यक र उचित कानूनी कारबाही गर्न सम्बन्धित नियामक निकायलाई लेखी पठाउन सक्नेछ”, भनी उल्लेख छ ।

आम उपयोगी सेवाका रुपमा खानेपानी, ग्यास, विद्युत्, टेलिफोन, इन्टरनेट, टेलिभिजन फ्रिक्वेन्सीलगायतका क्षेत्रलाई पनि सतर्कता केन्द्रले अनुगमन गर्नसक्नेगरी विधेयकको मस्यौदा बनाइएको छ । यसअघि अख्तियार दुरुपयोग अनुुसन्धान आयोगले निजी क्षेत्रलाई अनुगमन गर्नसक्ने व्यवस्थासहित विधेयक तयार भएकोमा निजी क्षेत्रका छाता संस्थाहरुले चर्को विरोध जनाएका थिए ।

नेपाल कानुन आयोगका अध्यक्ष जागेश्वर सुवेदीले सतर्कता केन्द्र उच्चस्तरीय निकाय भए पनि काम, कर्तव्यमा स्पष्ट नहुँदा कार्य सञ्चालनमा कठिनाइ भइरहेको अवस्थामा यो कानुन निर्माण गर्न लागिएको बताउनुभयो । हाल विधेयक मस्यौदा निर्माणकै क्रममा रहेकाले विभिन्न क्षेत्रसँग थप छलफल गरेर परिस्कृत गर्दै लैजाने बताउनुभयो । सतर्कता केन्द्र र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको काम कारबाहीसँग दोहोरोपन नहुने गरी कानुन बनाउन आवश्यक रहेको पनि उहाँको भनाइ छ ।

आयोगका उपाध्यक्ष प्रा डा लक्ष्मीप्रसाद मैनालीले नेपालको संविधानले सुशासन कायम गर्ने विषयलाई प्रस्तावनामा राखेको तथा सुशासन कायम गर्न विभिन्न कानुनी र संरचनागत संयन्त्र बनेको भएपनि त्यसको प्रभावकारिता देखिन नसकेको बताउनुभयो । सतर्कता केन्द्रलाई बढी अधिकार सम्पन्न, जिम्मेवार तथा अधिकार क्षेत्रको स्पष्टता कायम गर्नका लागि यो विधेयक आवश्यक रहेको उहाँको भनाइ छ । आयोगले यसअघि पनि विधेयकको मस्यौदा बनाएर सरकारलाई दिएकोमा त्यो संसदमा जान नसकेको उहाँको भनाइ छ ।

राष्ट्रिय सतर्कता केन्द्रका सचिव रामआधार साहले अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सतर्कता केन्द्रको काममा देखिएको दोहोरोपनको समाधान खोज्न यो कानुन आवश्यक रहेको बताउनुभयो । त्यस्तै, निजी क्षेत्रलाई पनि सतर्कता केन्द्रको अधिकार क्षेत्रभित्र राख्ने हो भने वियेयकको प्रस्तावनामै यो विषय राख्नुपर्ने र विधिसम्मत तरिकाले निकास खोज्नुपर्ने उहाँको भनाइ छ । धेरै संस्थाबाट एउटै काम गर्नेभन्दा पनि एउटै संस्थाले धेरै काम गर्नुपर्ने धारणा उहाँले राख्नुभयो ।

नेपाल कानुन आयोगका सचिव तोयानाथ अधिकारीले सरकारी कामकाज मात्र नभएर निजी क्षेत्रलाई पनि नियमन, अनुगमन गर्नेगरी सतर्कता केन्द्रको विधेयकको मस्यौदा तयार पारिएको उल्लेख गर्नुहुँदै निजी क्षेत्रले धेरै वटा निकायबाट भन्दा पनि एउटै निकायबाट नियमन र अनुगमनको काम होस् भन्ने चाहेको बताउनुभयो । निजी क्षेत्र नियमनको दायराबाट बाहिर बस्न नचाहे पनि धेरैवटा निकायबाट नियमन नहोस् भन्ने पक्षमा रहेको उहाँको भनाइ छ ।

अख्तियारलगायत अरु निकायसँग सतर्कता केन्द्रको अधिकार र कार्यक्षेत्रको दोहोरोपना हुन नदिन सहकार्य र समन्वय आवश्यक पर्ने उहाँको भनाइ छ । मस्यौदामाथि विभिन्न क्षेत्रबाट सुझाव समेटेर नीतिगत रुपमा कसरी जाने भनेर थप परिस्कृत बनाउने पनि उहाँको भनाइ छ ।

अन्तरक्रियामा सहभागीले सतर्कता केन्द्रको काम, कर्तव्य र अधिकारमा पुनःविचार गरिनुपर्ने सुझाव दिएका छन् । सरकारी निकायका कर्मचारीलाई मात्र नभई राजनीतिक व्यक्तिहरु, सांसद, मन्त्रीलगायतको कामको अनुगमन पनि गर्नसक्ने गरी सतर्कता केन्द्रको जिम्मेवारी तोकिनुपर्ने सुझाव दिएका छन् । राजनीतिक दल र नेताले गरेको अनुचित कार्यको विषय पनि समेट्नुपर्ने सुझाव आएको छ ।

विधेयक मस्यौदामा प्रधानमन्त्रीको अध्यक्षतामा सतर्कता परिषद् निर्माण गर्ने प्रस्ताव गरिएकोमा यस्ता परिषद्को सट्टा कार्यकारी अधिकारसहितको छानबिन तथा अनुसन्धान समिति बनाइनुपर्ने सुझाव आएको छ । विधेयकले सार्वजनिक पदाधिकारीको परिभाषालाई थप स्पष्ट बनाइनुपर्ने पनि सुझाव सहभागीले दिएका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सतर्कता केन्द्रको क्षेत्राधिकार स्पष्ट पारिनुपर्ने, निजी क्षेत्रमा हुने भ्रष्ट्राचारलाई सतर्कता केन्द्रले हेर्न मिल्ने वा नमिल्ने भन्नेबारे थप स्पष्टता खोजिनुपर्ने, बेनामे उजुरीका सन्दर्भमा थप स्पष्ट व्यवस्था ल्याइनुपर्नेलगायतका सुझाव आएका छन् । त्यस्तै, सतर्कता केन्द्रले तीनवटै तहका सरकार र मातहतका निकायको अनुगमन तथा नियमन गर्न पर्ने÷नपर्ने र सक्ने÷नसक्नेबारे पनि स्पष्टता खोजिनुपर्ने सुझाव जानकारले दिएका छन् ।

जाजरकोट भूकम्प प्रभावित क्षेत्रको पुनःनिर्माणमा समस्या : प्राधिकरण

काठमाडौँ, २९ पुस : जाजरकोट भूकम्पप्रभावितलाई राहत र पुनःनिर्माणको कामलाई प्रभावकारी रुपमा अगाडि बढाइएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।नीतिगत र संरचनागत सुधार गरेर पश्चिम नेपालको भूकम्पप्रभावित क्षेत्रमा अस्थायी आवास निर्माण र पुनःनिर्माणको कामलाई अघि बढाइने प्राधिकरणले पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।

प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले आर्थिक स्रोतको जोहोसँगै कानुनी उल्झनका कारण पनि पुनःनिर्माणको कामले गति लिन नसकेको बताउनुभयो । “सबैभन्दा ठूलो चुनौती भएको आर्थिक स्रोतको अभाव नै हो”, उहाँले भन्नुभयो, “समयमै स्रोत जुटाउन अहिलेको प्रक्रिया झन्झटिलो छ । त्यसलाई गति दिन ऐनबमोजिम नियमावली परिमार्जन गर्न जरुरी छ । यसको मस्यौदा भइसकेको छ । यो छिट्टै मन्त्रिपरिषद्बाट पारित गरेर रकम खर्च गर्ने वातावरण बन्छ ।”

उहाँले तीन तहका सरकारसँग प्रभावकारी समन्वय गरी राहत वितरण एकद्वार प्रणालीबाट व्यवस्थापन गरिएको बताउनुभयो । कार्यकारी प्रमुख पोखरेलले तीन तहका सरकार, गैरसरकारी संस्था र दातृ निकायसँग सहकार्य गरेर राहत र पुनःनिर्माणलाई परिणाममुखी बनाइने विश्वास व्यक्त गर्नुभयो ।

कार्यकारी प्रमुख पोखरेलका अनुसार सरकारले भूकम्प पुनः निर्माणका लागि मन्त्रिपरिषद्को बैठकबाट घोषणा गरेको रु १० अर्ब रकम खर्चका लागि दैनिकजसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह र अर्थमन्त्रालयसँग पहलकदमी भइरहेको छ ।

प्रधानमन्त्री कार्यालय मातहतको प्रधानमन्त्री दैवीप्रकोप सहायता कोषको ऐन र नियमावली परिमार्जन गरेर सहज रुपमा खर्च गर्ने वातावरण बनाउन पहलकदमी भइरहेको प्राधिकरणले जनाएको छ । उक्त प्रयोजनका लागि मस्यौदा तयार भई चाँडै मन्त्रिपरिषद्मा पेस गर्ने तयारी गरिएको कार्यकारी निर्देशक पोखरेलले जानकारी दिनुभयो ।

उहाँले विगतका विपद्का घटनाबाट पाठ सिकेर राहत, उद्धार र पुनः स्थापनाको कामलाई तीव्र गतिमा सञ्चालन गर्दै आएको उल्लेख गर्नुभयो । कार्यकारी प्रमुख पोखरेलले भविष्यमा ठूला भूकम्प जानसक्ने जोखिमलाई दृष्टिगत गर्दै हिमाली र पहाडी जिल्लामा भूकम्पमैत्री बलियो घर निर्माणमा प्रोत्साहित गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्नुभयो ।

गत कात्तिक १७ गते राति जाजरकोट केन्द्रविन्दु भएर ६ दशमलव चार रेक्टरस्केलको भूकम्प गएको थियो । गत कात्तिक २७ गतेको मन्त्रिपरिषद्को बैठकले विपद् व्यवस्थापनका लागि रु १० अर्ब उपलब्ध गराउने घोषणा गरेको थियो तर त्यो रकम आउन अझै समय लाग्ने देखिएको छ । प्राधिकरणका अनुसार गत पुस १ गते रु एक अर्ब रकम निकासा भएको छ ।

प्राधिकरणका सहसचिव भरतमणि पौडेलले भूकम्पप्रभावित जिल्लामा अस्थायी आवास निर्माण चाँडो गर्न स्थानीय तहसँग प्रभावकारी समन्वय गरिएको बताउनुभयो । उहाँका अनुसार लाभदायी कायम गर्ने र रकम निर्धारण गर्ने जिम्मेवारी पनि स्थानीय तहलाई दिइएको छ । प्राधिकरणले समन्वय र स्रोत साधनको व्यवस्थापन गर्दै आएको छ । पालिकाहरुमा प्रमुख प्रशासकीय अधिकृत र प्राविधिक जनशक्ति नहुँदा काममा समस्या आएको पनि प्राधिकरणले उल्लेख गरेको छ ।

छ महिनामा दुई हजार ९७ विपद्का घटना

प्राधिकरणका उपसचिव एवं प्रवक्ता ध्रुवबहादुर खड्काले चालु आवमा प्राधिकरणबाट भएका गतिविधिबारे प्रस्तुतीकरण गर्नुभएको थियो । उहाँका अनुसार गत साउन १ देखि यही पुस २६ गतेसम्म दुई हजार ९७ विपद्का घटना भएका छन् । ती घटनामा एक सय ४७ जनाको मृत्यु भएको छभने घाइते चार सय ४० र बेपत्ताको सङ्ख्या चार सय ६७ पुगेको छ । यसमा भूकम्पको तथ्याङ्क छैन । उल्लिखित विपद्जन्य घटनाबाट रु एक दशमलव २९ अर्ब रहेको छ ।
विपद्का घटनामा आगलागी पहिलो नम्बरमा छ । जनावरको आतङ्क, भारी वर्षालगायत घटना बढी भएको प्राधिकरणको विवरणमा उल्लेख छ ।

प्रवक्ता खड्काका अनुसार जाजरकोट भूकम्पयता हालसम्म (कात्तिक १७ देखि पुस २३ सम्म) चार सय ८९ परकम्प गएका छन् । चार रेक्टरस्केलभन्दा माथिका १९ वटा परकम्प गइसकेका छन् । जाजरकोट भूकम्पमा परी एक सय ५४ जनाको मृत्यु र तीन सय ६६ जना घाइते भएका छन्भने ठूलो सङ्ख्यामा भौतिक क्षति भएको छ ।

अस्थायी आवासका लागि अनुमानित रु चार अर्ब ८९ करोड लाग्ने जनाइएको छ । अनुमानित ९५ हजार सात सय ८७ लाभग्राहीमध्ये स्थानीय तहको समन्वयमा हालसम्मा ६७ हजार लाभग्राही कायम भएका छन् । उहाँकाका अनुसार ४६ हजार पाँच सयसँग सम्झौता भइसकेको छ । भूकम्पप्रभावित पाँच जिल्लामा लाभग्राहीका लागि रकम जुटाइएको छ । हालसम्म ९७.३८ लाख लाभग्राही उपभोक्ताको खातामा पुगेको पनि प्राधिकरणले जनाएको छ ।

नेपाल र चीन विश्वासिला विकासका साझेदार हुन् – प्रधानमन्त्री

काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन् ।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवसरमा आइतबार आयोजित विशेष समारोहमा प्रधानमन्त्रीले शान्तिपूर्ण सहअस्तित्व र पञ्चशीलका सिद्धान्तका आधारमा दुई देशबीचको सम्बन्ध झाङ्गिँदै गएको बताएका हुन् ।


प्रधानमन्त्रीले भने, ‘हामीले असल मित्रका रुपमा एकअर्काको संवेदनशीलतालाई नजिकबाट बुझेका छौँ । शान्तिपूर्ण सहअस्तित्व र पञ्चशीलका सिद्धान्तका आधारमा हाम्रो सम्बन्ध रहिआएको छ ।;


नेपाल एक चीन सिद्धान्तप्रति दृढ रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले भने, ‘यस सम्बन्धमा हाम्रो प्रतिबद्धता स्पष्ट छ । आन्तरिक तथा बाह्य मामिलामा आएको बदलावबाट हाम्रो प्रतिबद्धता कुनै हालतमा प्रभावित हुँदैन ।’ संस्कृति र परम्पराले हामी एकापसमा बाँधिएका छौँ भन्दै प्रधानमन्त्रीले संस्कृति र परम्पराले नै दुई देशबीचको जनस्तरको सम्बन्धलाई सुदृढ तुल्याउने बताए ।


आफ्नो चीन भ्रमणका बेला जारी भएको संयुक्त वक्तव्य स्मरण गर्दै प्रधानमन्त्रीले भने, ‘ताइवान चीनकै अभिन्न अङ्ग हो । ‘ताइवान स्वतन्त्रता’का सम्बन्धमा नेपालको प्रस्ट दृष्टिकोण छ । मेरो चीन भ्रमणका क्रममा जारी संयुक्त वक्तव्यमा यसलाई प्रस्ट पारिएको छ ।’


चीनविरुद्ध नेपाली भूमि प्रयोग हुन नदिने स्पष्ट पार्दै प्रधानमन्त्रीले दुई देशको सभ्यता नदी र हिमशृङ्खलाले मात्र जोडिएका नभई यसमा हाम्रा साझा संस्कृति र जनस्तरको सम्बन्ध पनि प्रमुख रहेका बताए ।


आफूले हालै गरेको  चीनको औपचारिक भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सी चीनफिङसँग भएको भेटवार्ताका क्रममा हाम्राबीचमा नेपाल–चीन सम्बन्धका विविध आयाममा छलफल भएको उनले स्मरण गरे ।


नेपालका लागि चीनका राजदूत छन् सङले चीन र नेपाल रणनीतिक साझेदार भएका बताउँदै ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ अन्तर्गत विकासमा साझेदारी गर्न चीन प्रतिबद्ध रहेको  बताए ।

प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिता : कर्णाली प्रदेश विजयी

भैरहवा (रुपन्देही), २९ पुस : भैरहवामा जारी प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशले गण्डकी प्रदेशलाई सात विकेटले पराजित गरेको छ । कर्णालीका ब्याटर हिमान्सु शाहीको अर्धशतकीय पारिले टोलीलाई सहज विजय प्रदान गरेको हो । योसँगै गण्डकी लगातार दोस्रो खेल गुमाएको छ ।

रुपन्देहीको भैरहवास्थित सिद्धार्थ क्रिकेट रङ्गशालामा आज भएको खेलमा जितका लागि गण्डकीले दिएको एक सय २३ रनको लक्ष्य कर्णालीले ७० बल बाँकी छँदै तीन विकेटको नोक्सानीमा एक सय २६ रन बनाउँदै पार ग¥यो । कर्णालीको जितमा शाहीले ७१ बलमा ५३ रनको अर्धशतकीय पारि खेल्नुभयो । उहाँले पाँच चौका र दुई छक्का प्रहार गर्नुभयो ।

यस्तै, निश्चल रावलले अविजित २९, रवीन्द्र शाहीले २० र अर्जुन घर्तीले टोलीका लागि ‘नटआउट’ १० रनको योगदान दिनुभयो । बलिङमा गण्डकीका अङ्कित न्यौपानेले दुई तथा नौ ओभर बलिङ गरेका विपिन खत्रीले सात मेडन राख्दै दुई रन खर्चेर एक विकेट लिनुभयो । यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको गण्डकीले निर्धारित ४५ ओभरमा नौ विकेट गुमाउँदै एक सय २२ रनको सामान्य योगफल बनाएको थियो ।

गण्डकीका लागि अमृत गुरुङ र कमल परियारले समान २१ रनको सर्वाधिक योगफल बनाउनुभयो । अगाडिका पाँच ब्याटरले दोहोरो अङ्कको रनसमेत बनाउन सकेनन् । छैटौँ नम्बरमा आएका ब्याटर अश्वनी रानाले १६ र कप्तान विपिन खत्रीले १० रन मात्रै जोड्न सक्नुभयो । चन्द्र पौडेल १४ र अङ्कित न्यौपाने दुई रनमा अविजित रहनुभयो ।

कर्णालीका लागि अनुज चुनारा, दिनेश अधिकारी र दीपेन्द्र रावतले समान दुई–दुई विकेट लिनुभयो । यस्तै, प्रकाश जैसी, दिवान पुन र रवीन्द्र रावतले एक–एक विकेट लिनुभयो । गण्डकीले लगातार दोस्रो हार व्यहोरेको छ । उसले शनिबार लुम्बिनी प्रदेशसँग चार विकेटको हार भोगेको थियो । प्रधानमन्त्री कपका लागि पहिलोपटक काठमाडौँबाहिर भैरहवाको सिद्धार्थ क्रिकेट मैदानमा ११ खेल हुँदैछन् । सोमबार लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशबीच प्रतिस्पर्धा हुनेछ ।

अफगानिस्तानमा ११० वटा विकास परियोजना सुरु

अफगानिस्तानको कामचलाउ सरकारको सार्वजनिक निर्माण मन्त्रालयले मार्च २१, २०२३ देखि हालसम्म ११० भन्दा बढी विकास तथा मर्मत सम्भार परियोजना सुरु गरेको मन्त्रालयका प्रवक्ता अशरफ हकशेनासले बताउनुभएको छ ।

हकशेनसलाई उद्धृत गर्दै टोलोन्यूजले आइतबार प्रकाशित गरेको समाचारअनुसार विगत १० महिनामा दुई अर्ब अफगानी (एक अमेरिकी डलर बराबर ७० अफगानी रूपैया) मूल्यका ९० भन्दा बढी मर्मत सम्भार परियोजना सम्पन्न भएका छन् ।

हकशेनासका अनुसार सुरु गरिएका परियोजनामा देशका विभिन्न भागमा करिब एक हजार किलोमिटर सडक, ३० वटा पुलका खम्बा, जलाशययुक्त बाँध र सुरक्षात्मक पर्खाल निर्माण भएका छन् ।

काबुल–कान्दाहार राजमार्ग, अफगान रिङ रोड निर्माण र अफगानिस्तानको राष्ट्रिय राजधानी काबुललाई नौ वटा उत्तरी प्रान्तसँग जोड्ने सलाङ सुरुङको पुनर्निर्माण सार्वजनिक कार्यका लागि मन्त्रालयको उपलब्धिमध्ये एक हो ।

यसैबीच, उपअर्थमन्त्री अब्दुल लतिफ नजरीले प्रशासनले आर्थिक चुनौतीहरू पार गर्न र रोजगारीका अवसरहरू सिर्जना गर्ने प्रयासमा रेलवे, राजमार्ग, ऊर्जा विकास र खानी र पारदर्शी निकासीजस्ता पूर्वाधार परियोजनाहरू सुरू गर्ने बताउनुभयो ।

जापान भूकम्प अपडेट : आजसम्म २२० जनाको मृत्यु, २० बेपत्ता

जापानको मध्य प्रान्त इशिकावामा आइतबार ७.६ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएपछि मृत्यु हुनेको सङ्ख्या २२० पुगेको छ ।स्थानीय समयअनुसार बिहान ९ बजेसम्म सबैभन्दा बढी प्रभावित प्रान्तमा वेपत्ताको सङ्ख्या २० रहेको छ भने भूकम्पका कारण कम्तीमा एक हजार १५ जना घाइते भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।

जापानको मौसम विज्ञान एजेन्सी (जेएमए) का अनुसार उत्तरी र पूर्वी जापानमा आइतबार साँझदेखि मङ्गलबारसम्म तीव्र हावाहुरी, हिमपात र उच्च छालआउने सम्भावना रहेको छ ।भूकम्प प्रभावित होकुरिकु क्षेत्र र निगाता प्रान्तमा आइतबार ७२ किलोमिटर प्रतिघण्टाको रफ्तारमा हावा चल्ने अनुमान गरिएको छ ।

सोमबारदेखि मङ्गलबारसम्म होकुरिकु क्षेत्र र निगाता प्रिफेक्चरमा चिसो हावा चल्ने अनुमान गरिएको छ । चीसोले गर्दा जापानी समुद्रको तटीय क्षेत्रमा भारी हिमपात हुनेछ ।यसैबीच जनवरी १ मा गएको शक्तिशाली भूकम्पपछि देशको सात तहको प्रणालीमा एक वा सोभन्दा बढी को तीव्रताका भूकम्पका झट्का शनिबार अपराह्न ४ बजेसम्ममा एक हजार ३६८ पटक मापन गरिएको जेएमएले जनाएको छ ।

मौसम विज्ञान अनुुन्धान निकायका अनुसार मानिसहरुले अझै एक महिनासम्म ५.० म्याग्च्यिुड वा सोभन्दा माथिको शक्तिशाली भूकम्पको सामना गर्न सक्नेछन् ।

‘मानवजाति र जनावरबीचको समस्या समुदाय र सरकार मिलेर गर्नुपर्छ’ – रक्षामन्त्री खड्का

बर्दिया, २९ पुस : उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले बर्दियामा मानव र जनावरबीचको द्वन्द्व समाधानका लागि स्थानीय समुदाय र तीनवटै तहका सरकार मिलेर हल गर्नुपर्नेमा जोड दिनुभएको छ ।

आज बाँसगढी औद्योगिक व्यापार मेलाको उद्घाटनका अवसरमा उहाँले निकुञ्ज क्षेत्रको विकाससँगै यस क्षेत्रमा वर्षेनी वन्यजन्तुको वृद्धि भएको र जङ्गली पशुपन्छीहरू उचित बासस्थान तथा आहारको खोजीमा निकुञ्ज क्षेत्र बाहिर निस्कँदा मानवीय क्षति हुने र बालीनालीमा समेत क्षति पुग्न गएको यो समस्याको समाधानका लागि सङ्घीय सरकार गम्भीर रहेको बताउनुभयो । 

उपप्रधानमन्त्री खड्काले लुम्बिनी प्रदेशको अन्न भण्डारका रूपमा रहेको बर्दियामा सिँचाइ आयोजनालगायतका राष्ट्रिय गौरवका आयोजना निर्माण शीघ्र सम्पन्न गरी कृषि क्षेत्रमा आमूल परिवर्तन ल्याउनुपर्नेमा जोड दिनुभयो । यसका लागि सरकारले आवश्यक सहयोग उपलब्ध गराउने उहाँको भनाइ थियो । 

उपप्रधानमन्त्री खड्काले रासायनिक मलको अभाव, कृषियोग्य जमीनमा सिँचाइको अपर्याप्तता, कृषकहरूलाई उचित तालिम र प्रशिक्षणको अभाव, कृषिमा आधुनिक प्रविधि र पद्धतिको प्रयोग आवश्यक मात्रामा गर्न नसक्दा यहाँको कृषि क्षेत्रबाट जति मात्रामा फाइदा लिन सकिने हो त्यो लिनसकिएको बताउनुहुँदै प्रदेश र स्थानीय तहले कृषिको आधुनिकीकरण र व्यवसायीकरणमा मद्दत पुग्ने गरी कार्यक्रम कार्यान्वयन गर्न आवश्यक रहेकोमा जोड दिनुभयो । 

“म यहाँका धेरै सम्भावना र समस्याबारे परिचित छु। खासगरी खुला सीमा नाकाका कारण यहाँ विभिन्न किसिमका घुसपैठ भई समय समयमा विभिन्न किसिमका अपराधका घटना घट्ने तथा लुकीछिपी हुने चोरी निकासी पैठारीले स्थानीय तहमा स्वच्छ व्यापारलाई फस्टाउनमा व्यवधान सिर्जना गरिरहेका छन्”, उपप्रधानमन्त्री खड्काले भन्नुभयो, “यसलाई हामी सबैले मिलेर नियन्त्रण गर्न जरुरी छ ।”

उहाँले मुलुकको अर्थतन्त्र सुधार र समाधानका लागि सरकारले प्रयास गरिरहेको र त्यसैका कारण अर्थतन्त्रमा सुधार देखिन थालेको भन्दै उद्योगी व्यवसायीलाई निराश नहुन आग्रह गर्नुभयो । आजदेखि सुरु हुन लागेको महोत्सवले यस क्षेत्रको धार्मिक एवम् पर्यटकीय क्षेत्रको प्रचारप्रसार गरी आन्तरिक एवम् बाह्य पर्यटनको विकास गरी पर्यटन उद्योगलाई प्रवद्र्धधनमा सहयोग पुग्नेमा उहाँले विश्वास व्यक्त गर्नुभयो । साथै स्थानीय तहमा सञ्चालित घरबासलाई थप व्यवस्थित गर्न समेत यसले उत्प्रेरित गर्ने उहाँको भनाइ छ । 

“यस औद्योगिक तथा व्यापार मेलाले यस क्षेत्रको आर्थिक रुपान्तरणमा सकारात्मक योगदान पुग्नेमा कुनै शङ्का छैन । मेलाले स्थानीय कृषक, उद्यमी, व्यवसायी, कलाकारहरू सबैलाई एकै ठाउँमा जुटाई आफ्नो उत्पादन र सिर्जनाहरू व्यवस्थित तवरले प्रस्तुत गर्न, एक आपसमा ज्ञान तथा अनुभवको आदान प्रदान गर्न र सहकार्यका क्षेत्रहरू पहिल्याउन ठूलो सहयोग पु¥याउने कुरामा म विश्वस्त छु”, उहाँले भन्नुभयो । 

यस्तै सरकारले आम नागरिकलाई सुशासनको अनुभुति हुने र दैनिक राहत महसुस गर्ने गरी काम गरिरहेको बताउनुभयो । यस किसिमका औद्योगिक प्रदर्शनी तथा महोत्सवले साना तथा मझौला उद्योगको विकास गर्न सहयोग पुग्ने, यस क्षेत्रमा विभिन्न उद्यम व्यवसायका लागि लगानी विस्तार गर्न समेत प्रोत्साहन मिल्ने उहाँको भनाइ थियो । 

यस्तै सङ्घीय सरकारले बनाउने केही कानुन निर्माणमा ढिलाइ भएको भएपनि अब आउने हिउँदे अधिवेशनमा सरकारले आवश्यक सङ्घीय कानुन बनाउने तयारी गरिरहेको उहाँले जानकारी दिनुभयो । ढिलोमा अब एक महिनामा सुकुम्बासीले पाउने लालपुर्जा लिँदा लिने राजश्वमा समेत सरकार घटाउने र त्यसले भूमिहीन तथा सुकुम्बासीले ठूलो राहत पाउने उपप्रधानमन्त्री खड्काको भनाइ थियो । उहाँले राजनीतिदलबीच आस्था र बिचार अलग–अलग भएर चुनावमा प्रतिस्पर्धा भएपनि विकास निर्माणका विषयमा सबै एक ठाउँ हुनुपर्नेमा जोड दिनुभयो ।

थारु समुदायमा माघी पर्वको रौनक सुरु

राँझा (बाँके), २९ पुस : थारु समुदायमा माघी पर्वको रौनक सुरु भएको छ । नयाँ वर्षको रुपमा लिइने माघीले थारु समुदाय तथा बस्ती उल्लासमय भएका छन् । पुसको अन्तिमदेखि माघको मध्यसम्ममा थारु समुदायले माघी पर्व मनाउने बाँकेका थारु अगुवा रामदास थारुले बताउनुभयो । “माघीको अवसरमा नाचिने माघी, छोक्रा, हुर्दुग्वा, लठहवालगायतका नाँच थारु गाउँमा सुरु भएका छन्”, उहाँले भन्नुभयो, “गाउँगाउँमा नाचसँगै माघीको चहलपहल सुरु भएको छ । माघीकै अवसरमा घरघरमा नाचगान गरेर दक्षिणा उठाउने चलन पनि छ ।”

थारु समुदायमा माघीलाई विशेष महत्त्वका साथ हेरिन्छ । माघीदेखि नै समुदायमा नयाँ काम सुरु गर्नुका साथै नयाँ व्यवस्था लागु हुने भएकाले यसलाई विशेष महत्त्वका साथ हेरिने बैजनाथका थारु अगुवा चन्द्रबहादुर चौधरीले बताउनुभयो । “यो पर्वलाई समुदायमा आ–आफ्नै तरिकाले मनाउने गरिएको छ । तर नीति व्यवस्था र गाउँ सञ्चालन प्रक्रिया एक वर्षलाई एउटै हुने भएकाले यसको विशेष महत्त्व रहन्छ”, उहाँले भन्नुभयो ।

माघी थारू समुदायको चाड मात्रै नभएर यस अवसरमा नयाँ रीतिथिति, नयाँ अगुवा (मतहवा, भल्मन्सा, मतहवा, बरघर) चुन्ने र नीति नियम निर्माण गर्ने पर्वका रुपमा रहेको चौधरीको भनाइ थियो । पश्चिम नेपालको दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा थारु समुदायको बाक्लो बस्ती रहेकाले पनि माघीमा यी जिल्लामा विशेष महत्त्वकासाथ मनाउने गरिन्छ ।

गाउँको अगुवा, प्रमुखदेखि चौकीदारसम्म चुनिने, वर्षभरिका लागि कसलाई के जिम्मेवारी दिने, घरको मूली को बन्ने, लेनदेन, घरसल्लाहलगायत विषयमा छलफल हुने भएकाले यसलाई नयाँ आर्थिक वर्षको रुपमा पनि थारु समुदायले लिने गरेका राप्ती सोनार–३ बैजापुरका थारु अगुवा तुलसीराम थारुले बताउनुभयो । “विशेष गरेर पुसको अन्तिम दिनदेखि माघीको रौनकता बढ्छ । अहिले थारु गाउँगाउँमा रातभर आगो बाल्ने चलनअनुसार दाउरा सङ्कलन, पिसान कुटान, रङ्गरोगन, जाँड तथा ढिक्री पकाउने तथा खानाका अन्य परिकार बनाउने काम पुरा भएको छ”, उहाँले भन्नुभयो, “माघीको अवसरमा विभिन्न ठाउँमा मेला महोत्सवको समेत आयोजना हुन गर्दछन् ।”

तुलसीरामका अनुसार थारु समुदायमा माघ १ गतेको अघिल्लो दिन रातभरी आगोको धुनी बालेर ताप्ने गर्दछन् । गाउँभरिका मानिसहरु एकठाउँमा जम्मा भएर गाउँको एक ठाउँमा आगो बालेर रातभर रमाइलो गर्दछन् । राती आगो ताप्ने, बिहान भाले बासेसँगै नदी, खोलामा नुहाउने गर्दछन् । नुहाएर आफुभन्दा ठूलासँग आशिर्वाद लिने र सानालाई स्नेह गर्ने चलन रहेको उहाँको भनाइ थियो ।

“माघ २ गते गाउँको भेला बोलाएर अगुवा छान्ने र नीति नियम बनाउने चलन छ । त्यसपछि केही दिन नाचगान गरेर पर्व मनाउने गरिन्छ”, तुलसीरामले भन्नुभयो । माघी पर्वसँगै थारु सँस्कृति संरक्षण र रमाइलोका लागि मगौटा नाचगान पनि सुरु भएको बैजनाथ–१ च्यामाका गणेश थारुले जानकारी दिनुभयो ।

भुवरभवानीमा माघी मेला

थारु समुदायको मुख्य पर्व माघीको अवसरमा बाँकेको राप्ती सोनारी गाउँपालिका–३ स्थित भुवर भवानी मन्दिर परिसरमा आजदेखि माघको ४ गतेसम्म माघी मेला लागेको छ ।

बैजापुरस्थित भुवरभवानी मन्दिर परिसरमा प्रत्येक वर्ष माघी पर्वको अवसरमा लाग्ने माघी मेलामा बाँकोका साथै छिमेकी जिल्ला र भारतबाट समेत भक्तजनहरु यहाँ पुग्ने गरेका मेलाका संरक्षक एवं वडा नं ३ का वडाध्यक्ष मीनकुमार थारुले जानकारी दिनुभयो । “यो मन्दिर नेपाल र भारतमा प्रचलित भएकाले यसको प्रचारप्रसारका लागि मेला आयोजना गर्ने गरेका छौँ”, उहाँले भन्नुभयो, “धर्म र आस्थाको संरक्षणका लागि बाहिरी पर्यटन भित्र्याउन मेला सहयोगी बन्दै आएको छ ।”

विसं २०१३ मा स्थापना भएको भुवरभवानी मन्दिरमा वर्षमा तीन पटक विशेष पूजासँगै लाग्ने मेलामा व्यापार व्यवसायका साथै मनोरञ्जनात्मक कार्यक्रम सञ्चालन हुने वडाध्यक्ष थारुले जानकारी दिनुभयो ।

‘सरकारको तर्फबाट निर्माण व्यवसायीलाई भुक्तानी गर्नुपर्ने रकम तत्काल निकासा हुन्छ’

काठमाडौँ, २९ पुस : निर्माण व्यवसायीलाई सरकारका तर्फबाट भुक्तानी गर्नुपर्ने रकम तत्काल भुक्तानी हुने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को कार्यकक्ष सिंहदरबारमा आज सम्पन्न छलफलपछि निर्माण व्यवसायीले भुक्तानी पाउनुपर्ने रकम निकासाको प्रक्रिया आजै अगाडि बढाउने निर्णय भएको हो ।

अर्थमन्त्री डा प्रकाशशरण महत, भौतिक योजना तथा यातायातमन्त्री प्रकाश ज्वाला, मुख्यसचिव डा बैकुण्ठ अर्याल, अर्थसचिव डा कृष्णहरि पुष्कर, भौतिक मन्त्रालयका सचिव केशवकुमार शर्मा, सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालसहितको छलफलपछि आजै भुक्तानीको प्रक्रिया अगाडि बढाउने निर्णय भएको हो ।

छलफलमा प्रधानमन्त्रीले निर्माण व्यवसायीको गत आर्थिक वर्षकै भुक्तानी गर्न बाँकी रु एक अर्ब ७१ करोड र चालु आवको अहिलेसम्मको दायित्व गरी रु ६ अर्ब ३० करोड तत्काल निकासा गरेर विकास निर्माणका काममा गति दिन अर्थ मन्त्रालयलाई निर्देशन दिनुभएको जनाइएको छ ।

प्रधानमन्त्रीको निर्देशनपछि भएको छलफलमा अर्थ मन्त्रालयले आजै भुक्तानीको प्रक्रिया अगाडि बढाउने निर्णय भएको हो । यो निर्णयसँगै विकास निर्माणका कामले गति लिने र अर्थतन्त्र थप चलायमान हुने अपेक्षा गरिएको छ ।

मध्य चीनको कोइला खानी दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो

मध्य चीनको हेनान प्रान्तको पिङडिङशान शहरमा रहेको कोइला खानीमा शुक्रबार दिउँसो भएको दुर्घटनामा १३ जनाको मृत्यु भएको पुष्टि भएको छ । सो दुर्घटनामा अन्य तीन जना बेपत्ता भएका छन्।

दुर्घटना दिउँसो २ः५५ बजे भएको थियो । पिङडिङशान तियानान कोल माइनिङ कम्पनी लिमिटेडको कोइला खानीमा शुक्रबार कोइला र ग्यास विस्फोट भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

इजराइल–हमास युद्ध एक सय दिन पुग्दा आँकडामा घटनाक्रम

एक सय दिन पुरानो पछिल्लो इजराइल–हमास युद्ध कट्टर दुश्मनबीचको अहिलेसम्मको सबैभन्दा लामो, सबैभन्दा रक्तपातपूर्ण र सबैभन्दा विनाशकारी युद्ध हो ।

हमासले दक्षिणी इजराइलमा अक्टोबर ७ मा घातक आक्रमण गरेपछि युद्ध सुरु भएको हो । त्यसबेला देखि इजराइलले लगातार गाजापट्टीमा हवाई र स्थल आक्रमण गरेको छ । युद्धले अभूतपूर्व विनाश भएको छ र सम्पूर्ण छिमेकी समतल बनाएको छ ।

संयुक्त राष्ट्रसङ्घका अनुगमनकर्ताहरूका अनुसार इजराइली आक्रमणले गाजामा अधिकांश प्यालेस्टिनीहरूलाई विस्थापित गरेको छ भने गाजाका आधाभन्दा धेरै अस्पताल सञ्चालन बन्द भएको छ र ठूलो मात्रामा भोकमरी उत्पन्न गरेको छ ।

इजराइली सेनाले भीषण हिंसाबाट प्रभावित उत्तरमा कारबाहीलाई घटाएको बताएको छ तर दक्षिणमा उसले आफ्नो सम्पूर्ण शक्ति लगाएको छ । दक्षिण गाजामा हमासको नेता लुकेर बसेको इजराइली सेनाको भनाइ छ । यसैबीच युद्ध सुरु भएपछि लेबनानका हिजबुल्लाह मिलिसिया र इजराइल करिब प्रत्येक दिन सीमा पार झडपहरूमा संलग्न भएका छन् ।

प्यालेस्टिनी स्वास्थ्य मन्त्रालय र इजराइली अधिकारीहरूका साथै अन्तर्राष्ट्रिय पर्यवेक्षक र सहायता समूहहरूबाट प्राप्त इजराइल–हमास युद्धमा मारिनेहरूको सङ्ख्या प्रस्तुत गरिएको छ ।

कूल मृत्यु

गाजामा मारिएका प्यालेस्टिनीको सङ्ख्या : २३ हजार आठ सय ४३

इजराइलमा मारिएका मानिसको सङ्ख्या : एक हजारभन्दा धेरै

पश्चिम किनारमा मारिएका प्यालेस्टिनीको सङ्ख्या : तीन सय ४७

गैरसैनिक

गाजामा मारिएका सर्वसाधारण : युद्धमा मारिएका सर्वसाधारणको सङ्ख्या अज्ञात छ । मारिएका मानिसमा महिला तथा बालबालिकाकाको सङ्ख्या अनुमानित दुई तिहाइ छ ।

अक्टोबर ७ मा इजराइलमा मारिएका सर्वसाधारणको सङ्ख्या : सात सय ९०

गाजामा संयुक्त राष्ट्रसङ्घका कर्मचारी मारिएको सङ्ख्या : एक सय ४८

गाजामा स्वास्थ्यकर्मी मारिएको सङ्ख्या : कम्तीमा तीन सय ३७

गाजामा मारिएका पत्रकारको सङ्ख्या : ८२

सैनिक/लडाकू

अक्टोबर ७ मा मारिएका इजराइली सैनिकको सङ्ख्या : तीन सय १४

इजराइलद्वारा मारिएका लडाकूको सङ्ख्या : आठ हजारभन्दा बढी

गाजामा स्थल कारबाहीमा मारिएका इजराइली सैनिकको सङ्ख्या : एक सय ८८

उत्तरी मोर्चामा मारिएका इजराइली सैनिकको सङ्ख्या : नौ

गाजा र उत्तरमा मैत्रीपूर्ण गोलाबारी वा ‘दुर्घटनाहरू’ मा मारिएका इजराइली सैनिकको सङ्ख्या : २९

गाजामा विनाश/मानवीय स्थिति

गाजाको सम्भावित क्षतिग्रस्त/नष्ट भवनहरूको प्रतिशत : ४५ देखि ५६ प्रतिशत

गाजामा आंशिकरूपमा काम गरिरहेका अस्पताल : १५/३६

‘विपत्तिजनक भोक र भोकमरी’ को सामना गरिरहेका प्यालेस्टिनी नागरिकको सङ्ख्या : पाँच लाख ७६ हजार छ सय (जनसङ्ख्याको २६ प्रतिशत)

गाजामा क्षतिग्रस्त स्कुल भवनहरूको प्रतिशत : ६९ प्रतिशतभन्दा बढी

क्षतिग्रस्त मस्जिद : एक सय ४२

क्षतिग्रस्त चर्च : तीन

क्षतिग्रस्त एम्बुलेन्स : एक सय २१

विद्यालयबाहिर विद्यार्थी : छ लाख २५ हजार (शत प्रतिशत)

घाइतेहरू

गाजामा घाइते प्यालेस्टिनीको सङ्ख्या : ६० हजार पाँच

पश्चिम किनारमा घाइते प्यालेस्टिनीको सङ्ख्या : चार हजारभन्दा धेरै

घाइते कूल इजराइलीको सङ्ख्या : १२ हजार चार सय १५

स्थल आक्रमणमा घाइते हुने इजराइली सैनिकको सङ्ख्या : एक हजार ८५

अक्टोबर ७ देखि अहिलेसम्म घाइते हुने इजराइली सैनिकको सङ्ख्या : दुई हजार चार सय ९६

विस्थापन

गाजामा विस्थापित प्यालेस्टिनीको सङ्ख्या : १९ लाख (गाजाको जनसङ्ख्याको ८५ प्रतिशत)

उत्तरी र दक्षिणी सीमा समुदायबाट विस्थापित इजराइलीको सङ्ख्या : दुई लाख ४९ हजार दुई सय ६३ (जनसङ्ख्याको दुई दशमलव छ प्रतिशत)

बन्धक/कैदी

अक्टोबर ७ मा हमासद्वारा बन्धक बनाइएकाको सङ्ख्या : करिब दुई सय ५०

रिहा गरिएका बन्धकको सङ्ख्या : एक सय २१

अक्टोबर ७ मा बन्धक बनाइएका पट्टीमा रहेकाको सङ्ख्या : एक सय ३२

(क) एक सय ११ पुरुष, १९ महिला र दुई बालबालिका
(ख) एक सय २१ इजराइली र ११ विदेशी

मारिएका वा हमासको कैदमा मारिएका बन्धकको सङ्ख्या : ३३

युद्धमा एक साताको विरामका क्रममा रिहा गरिएका प्यालेस्टिनी कैदीको सङ्ख्या : दुई सय ४०

काठमाडौँ महानगरको १४औँ नगरसभा : नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ २९ पुस : काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा रु नौ कारोड बजेट संशोधन प्रस्ताव गरिएको छ । कामपाको प्रमुख बालेन्द्र शाह ( बालेन ) का अध्यक्षतामा आज भएको बैठकमा उक्त रकम बराबरको संशोधन प्रस्ताव उपप्रमुख सुनिता डङ्गोलले पेस गर्नुभएको हो ।

कामपाकोे १३औँ अधिवेशनबाट स्वीकृत चालु आर्थिक वर्ष २०८०र ०८१ को वार्षिक कार्यक्रम तथा बजेट कार्यान्वयनको क्रममा छ । चालु आवमा कामपाको सञ्चित कोषमा आय तथा खर्चका लागि रु २४ अर्ब चार करोड ५४ लाख एक हजार विनियोजन गरिएको थियो ।

विनियोजित रकममध्ये कुनैमा बचत हुने र कुनैमा नपुग हुने देखिएको, केही अत्यावश्यक योजना तथा कार्यक्रमहरुका लागि बजेट विनियोजन गर्नुपर्ने देखिएकाले संशोधन प्रस्ताव गर्नु परेको उपप्रमुख डङ्गोलको भनाइ छ । यसमध्ये यही पुस २६ गतेसम्ममा रु चार अर्ब २७ करोड ४१ लाख ५० हजार खर्च भएको छ बताइएको छ ।

सभामा चालु आवमा गरिएको खर्चका विषयमा जानकारी गराउँदै उपप्रमुख डङ्गोलले भन्नुभयो, “अहिलेसम्म विनियोजन गरिएको रकमको १७।७८ प्रतिशत खर्च भएको छ जसमध्ये पूर्वाधार विकासमा ११।६४ प्रतिशत, आर्थिक विकासमा १३।३४ प्रतिशत र सामाजिक विकासमा १८।७९ प्रतिशत खर्च भएको छ ।”

सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रतर्फ १०।८४ प्रतिशत खर्च भएको छ । “कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रमा ३६।४७ प्रतिशत खर्च भएको छ,” उहाँले भन्नुभयो, “विकास निर्माण कार्यको भौतिक प्रगति बढी भए पनि कतिपय खर्च भुक्तानी प्रक्रियामा भएर लेखाङ्कन भई नसकेका कारण वित्तीय प्रगति कम देखिएको छ ।”

चालु आवमा वर्षमा राजश्व आम्दानीतर्फ रु १० अर्ब ८० करोड ७८ लाख २० हजार लक्ष्य निर्धारण गरिएको थियो । त्यसमध्ये आन्तरिक राजश्व असुलीको लक्ष्य रु ६ अर्ब ३९ करोड २० लाख छ । यसमध्ये पुस रु २६ गतेसम्ममा रु चार अर्ब ७६ करोड ३३ लाख १२ हजार ६ सय २४ सङ्कलन भएको छ ।

कामपा प्रवक्ता नवीन मानन्धरले सूचना तथा सञ्चार ऐन २०८० को पहिलो संशोधन, राजश्व समितिका संयोजक नवराज पराजुलीले आर्थिक ऐन २०८० को संशोधन विधेयक र सुशासन समितिका संयोजक ख्यामराज तिवारीले, जनप्रतिनिधिको सुविधासम्बन्धी ऐन २०७९ को पहिलो संशोधन विधेयक पेस गर्नुभएको छ । यी विधेयक र संशोधन बजेट तथा कार्यक्रमसम्बन्धी माघ ३ गते बस्ने अधिवेशनको दोस्रो बैठकमा छलफल हुनेछ ।
–––

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकद्वारा सर्वोच्च अदालतमा रिट

काठमाडौँ, २९ पुसः यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, कानुन मन्त्रालय, सङ्घीय संसद् र लोकसेवा आयोगलाई विपक्षी बनाई मायाको पहिचान नेपालका सचिव सुरेन्द्र पाण्डेसहित चारजनाले दायर गरेको रिट निवेदनमा संविधानले दिएको व्यवस्थाअनुसार राज्यका निकायका आफूहरुलाई प्रतिनिधित्व गर्र्नुपर्ने माग गरिएको छ ।

नेपालको संविधानको धारा ४२ मा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायलाई समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा प्रतिनिधित्वको हक हुने व्यवस्था छ । निजामती सेवामा समावेश हुन पाउने व्यवस्थाका लागि कानुनमा संशोधन वा परिमार्जन वा थपघट गर्नका लागि परमादेश आदेश माग गर्दै रिटमा भनिएको छ, “लोकसेवा आयोगबाट भई आएका र हुने गरेका राज्यका विभिन्न निकायको निजामती सेवाको पदपूर्तिका लागि विज्ञापन प्रकाशनसम्बन्धी दरखास्त आह्वानले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको हकको सम्बोधन हुन सकेको छैन ।”

उक्त समुदायको अधिकारको हनन भई राज्यको रोजगारी प्राप्त गरी जीवन निर्वाह गर्ने, सम्मानपूर्ण जीवनयापन गर्न पाउने हकमा नै आघात पुगेको रिट निवेदनमा छ । उक्त समुदायको प्रतिनिधित्व गर्दै पहिलोपटक संविधानसभा सदस्य सुनिलबाबु पन्त हुनुभएको थियो । उक्त रिटमाथि आगामी माघ २ गते सुनुवाइ हुने भएको छ ।

प्रधानमन्त्री कप क्रिकेट : एपीएफले बागमतीलाई हरायो

काठमाडौँ, २९ पुुस : प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल एपीएफ क्लबले बागमती प्रदेशलाई पराजित गर्दै प्रतियोगितामा सुखद सुरुआत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा एपीएफले बागमती प्रदेशमाथि ८९ रनको जित निकालेको हो । जितका लागि दुई सय ४२ रनको विजयी लक्ष्य पछ्याएको बागमती ४२ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै एक सय ५२ रनमा समेटियो ।

बागमतीका लागि कप्तान रित गौतमले सर्वाधिक ६६ रनको योगदान दिए । उनले ८९ बलमा आठ चौकासहित सर्वाधिक ६६ रन बनाएका हुन् । ओपनर आशुतोष घिरैयाले ५७ बलमा पाँच चौकासहित ४१ रन बनाए । त्यसबाहेक अन्य कुनै पनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।

बलिङतर्फ एपीएफका रोहित पौडेलले चार विकेट लिए भने अभिनाश बोहरा र श्याम ढकालले समान दुई–दुई विकेट लिए । पुरन विक र भुवन कार्कीले समान एक–एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको एपीएफले निर्धारित ५० ओभरमा नौ विकेट गुमाउँदै दुई सय ४१ रनको योगदान बनाएको थियो । एपीएफका लागि सन्दीप जोराले एक सय तीन बलमा शतक पूरा गरे । उनले सन्दीपले एक सय १७ बलमा सात चौका र पाँच छक्का प्रहार गर्दै एक सय १२ रनको योगदान दिए ।

त्यस्तै, लोकेश बमले २७ रन जोडे भने अमर रौतेलाले २२ रन बनाए । आसिफ शेखले १५ रन बनाए । प्रज्वल शाही र भुवन कार्कीले समान १०÷१० रन बनाए । बलिङतर्फ बागमतीका सूर्य तामाङले तीन विकेट लिए भने प्रतिश जिसी र रिजन ढकालले समान एक–एक विकेट लिए । त्यस्तै, सोनु देवकोटाले एक विकेट लिए । यस हारसँगै बागमती प्रदेशको यो दोस्रो हार हो । हिजो भएको पहिलो खेलमा बागमती नेपाल पुलिस क्लबसँग ६८ रनले पराजित भएको थियो ।

आयोगद्वारा सूचनाको हकसम्बन्धी व्यवस्था कार्यान्वयन गर्न आदेश

काठमाडौँ, २९ पुस : राष्ट्रिय सूचना आयोगले विश्वविद्यालय एवं बैङ्क तथा वित्तीय संस्थाका शाखा÷प्रशाखा र बागमती प्रदेशका सार्वजनिक निकायहरूलाई सूचनाको हकसम्बन्धी व्यवस्था कार्यान्वयन गर्न आदेश दिएको छ ।

आयोगको आज बसेको बैठकले संवैधानिक व्यवस्थाबमोजिम सूचनाको हक कार्यान्वयन नगर्ने त्रिभुवन विश्वविद्यालयसहित मुलुकका १६ विश्वविद्यालय र तीअन्तर्गतका सङ्काय, विभाग, निकायसहित सम्बन्धन प्राप्त क्याम्पसहरूलाई समेत सूचनाको हकसम्बन्धी व्यवस्था कार्यान्वयन गर्न आदेश दिएको हो ।

यसैगरी, बागमती प्रदेशअन्तर्गतका केही सार्वजनिक निकायले अझैसम्म सूचना अधिकारी नतोकेको र नियमानुसार स्वतः प्रकाशन गर्नुपर्ने व्यवस्था कार्यान्यवन नगरेको तथा बैङ्क एवं वित्तीय संस्थाका शाखा÷प्रशाखाहरूले समेत सूचना हकसम्बन्धी व्यवस्था उल्लङ्घन गरेको भन्ने विषयलाई गम्भीरतका साथ लिएको स्पष्ट गर्दै आयोगले त्यसतर्फ सम्बन्धित पक्षको ध्यानाकर्षण गरको छ ।

नेपालको संविधानको धारा, २७ मा प्रत्येक नागरिकलाई आफ्नो वा सार्वजनिक सरोकारको कुनै पनि विषयको सूचना माग्ने र पाउने हक हुनेछ भनी उल्लेख भएको व्यवस्था र त्यही व्यवस्था कार्यान्वयन गर्न ल्याइएको सूचनाको हकसम्बन्धी ऐन, २०६४ र सूचनाको हकसम्बन्धी नियमावली, २०६५ मा भएका व्यवस्थाहरुको कार्यान्वयन गर्नु प्रत्येक सार्वजनिक निकायको दायित्व हुने आयोगले स्मरण गराएको छ । साथै आयोगले सूचनाको हकसम्बन्धी व्यवस्था कार्यान्वयन गर्न÷गराउन विश्वविद्यालय, बैङ्क तथा वित्तीय संस्थाका शाखा÷प्रशाखा र बागमती प्रदेशअन्तर्गतका निकायहरूलाई आदेश दिएको आयोगद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

राष्ट्रियसभा निर्वाचन : माघ २ गतेदेखि निर्वाचन आचारसंहित लागू हुँदै

काठमाडौँ, २९ पुस : निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि माघ २ गतेदेखि निर्वाचन आचारसंहिता लागू गर्ने भएको छ ।

निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ तथा निर्वाचन आचारसंहिता, २०७९ को दफा १ को अनुसार आयोगबाट माघ २ गतेदेखि माघ १२ गतेसम्म सम्बन्धित सबै व्यक्ति, निकाय तथा अधिकारीलाई लागू हुनेगरी आचारसंहिता जारी गर्ने निर्णय आज आयोगले गरेको हो । सङ्घीय संसद्को माथिल्लो सदन राष्ट्रियसभा सदस्यको आगामी फागुन २० गते रिक्त हुने १९ पदका लागिे निर्वाचन हुँदैछ ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालले विज्ञप्ति जारी गरी उक्त अवधिमा कुनै सार्वजनिक स्रोत साधन र सम्पत्ति कुनै दल वा उम्मेदवारको पक्ष वा विपक्षमा हुने गरी प्रयोग गर्न वा गराउन, निर्वाचनसँग सम्बन्धित सामग्री वा सूचनालाई बिगार्न वा कुनै किसिमले थपघट गर्न वा गराउन नहुने, कुनै सरकारी वा अर्धसरकारी निकाय वा सार्वजनिक संस्था वा विश्वविद्यालय वा विद्यालय वा महाविद्यालयको क्षेत्र प्रयोग गरी निर्वाचन सम्बन्धी भेला वा प्रचारप्रसार गर्न वा गराउन नहुने जनाउनुभएको छ । यस्तै राजनीतिक दल वा उम्मेदवारको निर्वाचन चिन्ह अङ्कित कुनै सामग्री उत्पादन गर्न, प्रयोग गर्न, बिक्री वितरण गर्न वा प्रदर्शन गर्न वा गराउन नहुने कानुनी व्यवस्था छ ।

साथै ज्येष्ठ नागरिक, महिला, यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदाय र अपाङ्गता भएका व्यक्तिको भावनामा आँच आउने वा चरित्र हत्या हुने गरी निर्वाचन प्रचारप्रसार गर्न वा गराउन तथा बालबालिकालाई निर्वाचन प्रचारप्रसारमा प्रयोग गर्न वा गराउन मिल्नैन ।

आचारसंहिता अनुसार प्रचलित कानून बमोजिम निषेध गरिएको समय र स्थानमा अवरोध हुने गरी कुनै किसिमको जुलुस, आमसभा, कोणसभा, बैठक, भेला गरी निर्वाचन प्रचारप्रसार गर्न वा गराउन नहुने, सामाजिक सञ्जालमा गलत, भ्रामक वा द्वेषपूर्ण सूचना प्रवाह गर्न वा गराउन, निर्वाचनलाई प्रभाव पार्ने उद्देश्यले होच्याउने, दुष्प्रचार गर्ने, भ्रामक सूचना सम्प्रेषण गर्ने, अपमान गर्ने, द्वेषपूर्ण भाषण (हेट स्पिच) गर्ने जस्ता भ्रामक टिका टिप्पणी गर्न वा गराउन नहुने व्यवस्था छ ।

निर्वाचनलाई प्रतिकूल प्रभाव पार्ने वा अवरोध गर्ने गरी विचार राख्न, प्रचारप्रसार गर्न, कुनै विद्युतीय सामग्री उत्पादन गर्न तथा सामाजिक सञ्जालमा प्रकाशन गर्न वा अरूले प्रकाशन गरेका सामग्री शेयर गर्न नहुने, कुनै पनि किसिमबाट मतदाताको गोप्यता भङ्ग गर्ने कार्य गर्न नहुने, मतदाता र मतदानमा खटिएका कुनैपनि कर्मचारीसँग वादविवाद गर्न वा उनीहरूलाई हतोत्साहित गर्ने कुनै पनि कार्य गर्न नहुने, कुनै प्रकारले निर्वाचनको स्वच्छता वा निष्पक्षतालाई प्रभावित गर्नेगरी कुनै कार्य गर्न नहुने व्यवस्था छ ।

यसैगरी निर्वाचन प्रचार प्रसारमा संलग्न हुने सरकार वा प्रदेश सरकारको मन्त्री वा स्थानीय कार्यपालिकाका पदाधिकारीले आयोगको अनुमति लिई निर्वाचन प्रचार प्रसारमा संलग्न हुँदा सरकारी स्रोत र साधनको प्रयोग गर्न नहुने तथा मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्म कुनै पनि प्रकारका अन्तरक्रिया, सम्मेलन, कार्यशाला, गोष्ठी वा निर्वाचनसँग सम्बन्धित छलफल वा सामूहिक मस्तिष्क मन्थन आदि गर्न नहुनेसमेत व्यवस्था छ ।

गण्डकीमा विषयगत समिति सक्रिय : विधेयकमाथि सघन छलफल

गण्डकी । गण्डकी प्रदेश सरकारले गत बर्खे अधिवेशनमा ल्याएका दुई विधेयक प्रदेशसभाको विषयगत समितिमा दफाबार छलफलका क्रममा छन् । प्रदेश मामिला तथा कानुन समितिमा आमसञ्चार र सामाजिक विकास तथा कृषि समितिमा बीउबिजन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि छलफल भइरहेको छ ।

प्रदेशसभामा सैद्धान्तिक छलफलपछि दुवै विधेयकलाई दफाबार छलफलका विषयगत समितिमा पठाइएको छ । सामाजिक विकास तथा कृषि समितिका सभापति फणिन्द्र देवकोटाले विधेयकमाथि सघन बहस र छलफल भइरहेको बताए । “विधेयकमाथि प्रक्रियासम्मत ढङ्गबाट विषयगत समितिमा छलफल भइरहेको छ”, उनले भने, “कानुन निर्माणको प्रक्रियामा समितिको भूमिका र सक्रियता बढेको छ ।”सभापति देवकोटाका अनुसार बीउबिजनसम्बन्धी विधेयकमाथि छलफलका लागि समितिका दशवटा बैठक बसिसकेका बताए । “सुरुमा समिति सञ्चालनको आन्तरिक कार्यविधि बनाएर समितिको काम र भूमिकालाई व्यवस्थित गर्यौँ”, उनले भने, “पहिले विधायन समितिमा मात्र विधेयक जाने गरेको अवस्था थियो, अहिले सम्बन्धित समितिमा विधेयकमाथि छलफल हुन थालेको छ ।”समितिमा दफाबार छलफल सकेपछि विधेयकलाई प्रतिवेदनसहित प्रदेशसभामा पठाइने सभापति देवकोटाले बताए। समितिले उक्त विधेयकमाथि चरणबद्ध छलफल गरेको थियो । पहिलो बैठकमा प्रदेशसभामा भएको सैद्धान्तिक छलफलबारे समीक्षा, दोस्रो बैठकमा कृषि तथा भूमि व्यवस्था मन्त्रालयका मन्त्री, सचिवलगायत विधेयक मस्यौदाकर्ताबीच विधेयकको औचित्यमाथि छलफल गरिएको थियो ।विधेयकमाथि परेको संशोधन प्रस्तावमा छलफल गरी सो प्रस्तावलाई ग्रहण गरिएको सभापति देवकोटाले बताए । समितिले राष्ट्रिय बीउबिजन समितिका पूर्वसदस्यसचिव मदन थापा, बालीविज्ञ बेनीबहादुर बस्नेत, राष्ट्रिय बीउबिजन कम्पनीका पूर्वकेन्द्रीय अध्यक्ष बालकृष्ण गिरीलगायत कृषि क्षेत्रका विज्ञलाई बैठकमा बोलाएर विधेयकका सम्बन्धमा सुझाव मागेको थियो । त्यस क्रममा विज्ञहरूले कार्यान्वयनमुखी विधेयक बनाउनुपर्नेमा सुझाव दिएका थिए ।सभापति देवकोटाले किसान, बीउबिजन उत्पादक, वितरकलगायत सरोकार भएका पक्षसँग पनि विधेयकबारे छलफल गरिएको जानकारी दिए । “समितिका सदस्य, विज्ञ, सरोकारवालालगायतबाट विधेयकमाथि महत्त्वपूर्ण सुझाव तथा पृष्ठपोषण प्राप्त भएको छ, कानुन निर्माणको प्रक्रियालाई परिपक्व र समृद्ध बनाउन यसबाट ठूलो मद्दत पुग्नेछ”, उनले भने ।प्रदेश मामिला तथा कानुन समितिका सभापति चम्पादेवी खड्काले आमसञ्चार विधेयकमाथि छलफल गर्न समितिका ११ पटक बैठक बसिसकेको जानकारी दिए । “विधेयकमाथिको दफाबार छलफल सकिएको छ, दलका नेताहरूसँग पनि छलफल गर्दैछौँ, आगामी हिउँदे अधिवेशनमा विधेयकलाई प्रदेशसभामा लैजाने तयारी छ”, उनले भने ।विधेयकका सम्बन्धमा सञ्चारक्षेत्रका विज्ञसहित पत्रकार र सरोकार भएका पक्षसँग पटकपटक बैठक बसी छलफल गरिएको सभापति खड्काले बताए । प्रदेशसभाको अघिल्लो कार्यकालमा तत्कालीन सरकारले पनि उक्त विधेयक ल्याएको थियो । विषयगत समितिमा छलफलकै क्रममा रहेको आमसञ्चार विधेयक प्रदेशसभाको कार्यकाल समाप्तिसँगै निष्क्रिय भएको थियो ।अहिलेको सरकारले गत भदौ ३० गते उक्त विधेयकलाई प्रदेशसभामा पेस गरेको थियो । नेपाल पत्रकार महासङ्घ कास्कीका अध्यक्ष विमला भण्डारीले लामो र गहन छलफल भएकाले आमसञ्चार कानुन समृद्ध भएर आउने बताइन् । “पाँच–छ वर्षदेखि यो विषयमा घनिभूत छलफल भएको छ, गण्डकी प्रदेशको आमसञ्चार ऐन उत्कृष्ट बन्ने हाम्रो विश्वास छ”, उनले भनिन् । उनले सञ्चार संस्था र पत्रकारको व्यावसायिक सुरक्षाको हितलाई हेरेर प्रदेश सरकारले कानुन बनाउनुपर्ने बताइन्। अध्यक्ष भण्डारीले दिगो र कार्यान्वयनमुखी कानुन निर्माण गर्न प्रदेश सरकारलाई सुझाव दिइन् ।प्रदेशसभा सचिवालयका कानुन अधिकृत कुमार रिजालले कानुन निर्माणका प्रक्रियामा विषयगत समितिको सक्रियता बढेको बताए। “दुवै विधेयक अहिले ‘मिनी संसद्’ मानिने विषयगत समितिमा छलफलका क्रममा छन्, समितिबाट टुङ्गिएर प्रदेशसभामा आएपछि दफाबार छलफल गरेर विधेयकलाई अन्तिम रूप दिने र पारित गर्ने गर्ने प्रक्रिया अगाडि बढ्छ”, उनले भने ।

सन् २०२४ मा २० लाख कामदारले जागिर गुमाउन सक्छन्

काठमाडौं। अन्तर्राष्ट्रिय श्रम संगठनले यो वर्ष २० लाख कामदारले आफ्नो जागिर गुमाउन सक्ने प्रक्षेपण गरेको छ । विश्वव्यापी बेरोजगारी दर २०२३ मा ५.१ प्रतिशतबाट बढेर ५.२ प्रतिशतमा पुग्नेछ।

‘विश्व रोजगार र सामाजिक दृष्टिकोण : प्रवृति २०२४’ शीर्षकको पछिल्लो प्रतिवेदनमा आईएलओले बेरोजगारी र रोजगारीको अन्तर महामारीपूर्वको स्तरभन्दा तल झरेको र २०२४ मा विश्वव्यापी बेरोजगारी बढ्ने बताएको छ।

यसले बढ्दो असमानता र स्थिर उत्पादकता चिन्ताको कारण भएको बताएको छ। विश्वव्यापी बेरोजगारी दर लगातार तीन वर्षमा घटेको छ । २०१९ मा ६.९ प्रतिशतबाट २०२३ मा ५.१ प्रतिशतमा झरेको छ । प्रतिवेदनले श्रम बजारले आर्थिक अवस्था बिग्रँदै गएको बाबजुद आश्चर्यजनक लचिलोपन देखाएको छ तर महामारीबाट पुनः प्राप्ति असमान रह्यो किनकि नयाँ जोखिम र बहुविध संकटले बृहत्तर सामाजिक न्यायको सम्भावना कम गरिरहेका थिए।

‘२०२३ को विश्वव्यापी बेरोजगारी दर ५.१ प्रतिशत रहेको थियो, जुन २०२२ को तुलनामा ५.३ प्रतिशतमा सामान्य सुधार भएको थियो । सन् २०२३ मा विश्वव्यापी रोजगारी अन्तर र श्रम बजार सहभागिता दरमा पनि सुधार भएको छ,’ प्रतिवेदनले भनेको छ।

प्रतिवेदनका अनुसार, २०२० पछि दु्रुत रूपमा घट्ने बाबजुद काम गरिबी कायम रहने सम्भावना थियो, चरम गरिबीमा बस्ने कामदारको संख्या (परचेजिङ पावर समता सर्तहरूमा प्रतिव्यक्ति अमेरिकी डलर २. १५ भन्दा कम कमाउने) २०२३ मा लगभग १ मिलियनले बढेको जनाएको छ ।

यसले खुलासा गरेको छ कि मध्यम गरिबीमा बस्ने कामदारको संख्या (पीपीपी सर्तमा प्रतिव्यक्ति अमेरिकी डलर ३.६५ भन्दा कम कमाउने) २०२३ मा ८.४ मिलियनले बढेको छ । यसले प्रक्षेपण गरेको छ कि श्रम बजार दृष्टिकोण र विश्वव्यापी बेरोजगारी दुवै खराब हुनेछ । ‘डिस्पोजेबल आम्दानी जी २० देशहरूको बहुमतमा गिरावट आएको छ र सामान्यतया, मुद्रास्फीतिको परिणामस्वरूप जीवन स्तरको क्षरण छिट्टै क्षतिपूर्ति सम्भव छैन,’ प्रतिवेदनमा भनिएको छ ।

यसले उच्च र न्यून आय भएका देशबीच महत्वपूर्ण भिन्नता कायम रहेको उल्लेख गरेको छ । सन् २०२३ मा उच्च आय भएका देशमा रोजगारी अन्तर दर ८.२ प्रतिशत थियो भने न्यून आय भएका देशमा २०.५ प्रतिशत थियो । त्यसैगरी, २०२३ को बेरोजगारी दर उच्च आय भएका देशमा ४.५ प्रतिशतमा रहँदा न्यून आय भएका देशमा ५.७ प्रतिशत थियो ।राजधानी दैनिकमा खबर छ ।

आईएलओका महानिर्देशक गिल्बर्ट हाउङ्बोले भने, ‘रिपोर्टमा हेडलाइन श्रम बजार तथ्यांक पछाडि देखिन्छ र यसले के प्रकट गर्दछ चिन्ताको ठूलो कारण हुनुपर्छ । यस्तो देखिन थालेको छ कि यी असन्तुलन महामारी रिकभरीको मात्र भाग होइन तर संरचनात्मक हो । कार्यबलले व्यक्तिगत जीविकोपार्जन र व्यवसाय दुवैका लागि खतरा भएको पत्ता लगाएको छ र हामीले तिनीहरूलाई प्रभावकारी र छिटो समाधान गर्न आवश्यक छ ।’

उनले थपे, ‘घट्दो जीवनस्तर र कमजोर उत्पादकत्वसँगै निरन्तर मुद्रास्फीतिले ठूलो असमानताको अवस्था सिर्जना गर्छ र सामाजिक न्याय प्राप्त गर्ने प्रयासलाई कमजोर बनाउँछ र बृहत् सामाजिक न्यायबिना हामी कहिल्यै दिगो रिकभरी पाउन सक्दैनौं ।’

नदी तर्न नसकेर टापुमा फसेका बस्तुभाउलाई निकालियो

सर्बियामा ड्यान्यूब नदीको एउटा टापुमा २०० बस्तुभाउ फसेका छन् । सो टापुमा फसेका गाईबस्तु, बाछा र घोडाहरु उद्धार गर्न थालिएको बीबीसीले जनाएको छ।बेल्ग्रेडबाट पश्चिमोत्तर भागमा अवस्थित क्रिसेजिन टापुमा चर्न गएका गाईबस्तु, बाछा र घोडाहरू गत साता नदीमा पानीको तह बढेपछि त्यहाँ अलपत्र परेका थिए।

।त्यहाँ कठ्याङ्ग्रिने जाडो बढ्न थालेकाले बाँकी बस्तुभाउलाई चाँडै जीवितै उद्धार गर्नुपर्ने चुनौती छ।

एकसाथ चार चलचित्र छायाङ्कन

काठमाडौँ । अन्य महिनाको तुलनामा पुसमा सङ्ख्यात्मकरूपमा कम चलचित्र छायाङ्कन हुने गरेको पाइन्छ । विशेषतः चिसोले प्रभाव पार्ने भएकाले यो समयलाई छायाङ्कनका लागि उपयुक्त मानिँदैन । किनकि दृश्याङ्कन गर्दा बाक्लो कुहिरो अर्थात् हुस्सुले समेत प्रभाव पर्छ । यद्यपि प्रदर्शन मिति अगाडि नै घोषणा गरिँदा अहिले चार चलचित्रको छायाङ्कन भइरहेको छ ।

काठमाडौँका विभिन्न स्थानमा छायाङ्कन भइरहेको चलचित्र हो, ‘११ः५५’ । केशव पाण्डेको कथा र निर्देशनमा छायाङक्न भइरहेको उक्त चलचित्रमा महेश त्रिपाठी, सृष्टी श्रेष्ठ, सागर खनाल, करिष्मा श्रेष्ठ, विशाल पहारी, बुद्धि तामाङ, एमएस अग्रजलगायतका कलाकारले अभिनय गरिरहेका छन् ।

अपराध, थ्रिलर, सस्पेन्स विधामा रहेर चलचित्र तयार गरिएकाले सोही सन्दर्भसँग मिल्दो नाम राखिएको निर्देशक पाण्डेले जानकारी दिए । “हाम्रो विषयअनुसार बढी छायाङ्कन रातमा गरिरहेका छौँ । हामीले रातकै दृश्य खिच्नुपर्ने भएकाले यही समय रोजेका हौँ”, उनले भने । यसको अन्तिम चरणको काम भइरहेको उनले जानकारी दिए । यस चलचित्रको पटकथा निर्देशक पाण्डेसँगै एमएस अग्रज र शेखर ज्ञवालीले लेखेका हुन् ।

यस्तै चलचित्र ‘मनसरा’को पनि काठमाडौँमा छायाङ्कन भइरहेको छ । उपेन्द्र सुब्बाको निर्देशनमा तयार भइरहेको उक्त चलचित्रमा दयाहाङ राई, मिरुना मगर, प्रवीण खतिवडा, मेनुका प्रधानलगायतका कलाकारले अभिनय गरिरहेका छन् । यसको छायाङ्कन काठमाडौँ आसपासमा भइरहेको छ । यसको शीर्ष भूमिकामा अभिनेत्री मगर छन् ।

रामबाबु गुरुङको निर्देशनमा तयार भइरहेको चलचित्र ‘डिग्री माइला ः एमए थर्ड क्लास’को दोस्रो चरणको छायाङ्कन ओखलढुङगास्थित रुम्जाटारमा भइरहेको छ । चलचित्रमा अभिनेता दयाहाङ राई, आँचल शर्मा, विजय बराल, माओत्से गुरुङलगायतका कलाकारले अभिनय गरिरहेका छन् । यसको छायाङ्कन सकाएपछि अभिनेता राईले चलचित्र ‘मनसरा’ सुरु गर्नेछन् ।

शैक्षिक बेरोजगारीले युवामा पारेको मनोवैज्ञानिक प्रभावलाई चलचित्रको शैलीमा प्रस्तुत गरिएको निर्देशक गुरुङले जानकारी दिए । विसं २०८१ वैशाख १ गते प्रदर्शन घोषणा गरिएका कारण पनि सो चलचित्र छिट्टै सकाउनुपर्ने दबाब निर्माण पक्षलाई छ ।

चलचित्र ‘फर्की फर्की’को पहिलो चरण पोखरामा छायाङ्कन सकिएको र काठमाडौँसँगै बाँकी काम छिट्टै सुरु गरिने निर्माता रोहित अधिकारीले जानकारी दिए । सुयोग गुरुङको निर्देशनमा तयार भइरहेको चलचित्रमा अनमोल केसी, जसिता गुरुङ, रवि काफ्ले, संवृद्धि अर्याल, कृष्ण मल्ल, निर्मल शर्मालगायतका कलाकारले अभिनय गरिरहेका छन् । यो चलचित्र २०८१ को जेठ ११ गते प्रदर्शन गर्ने समय तय गरिएको निर्माता अधिकारीले जानकारी दिए ।

सत्ता गठबन्धनको बैठक बस्दै, राष्ट्रिय सभा निर्वाचन र टीआरसीबारे छलफल

काठमाडौं आइतबार सत्ता गठबन्धनको बैठक बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकका लागि नेताहरू त्यहाँ पुग्ने क्रम जारी छ । सरकारले संसद अधिवेशनबाट टीआरसी सम्बन्धि विधेयक पास गर्ने तयारी गरिरहेको छ ।

बैठकमा राष्ट्रिय सभा निर्वाचनको तयारी र सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकका विषयमा छलफल हुने प्रधानमन्त्री प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।

इंग्लिस प्रिमियर लिग : म्यानचेस्टर सिटीको जित

काठमाडौं । शनिबार राति इंग्लिस प्रिमियर लिग अन्तर्गत भएको खेलमा म्यानचेस्टर सिटीले सानदार जित निकालेको छ । निकै रोमान्चक बनेका उक्त खेलमा सिटीले न्युक्यासल युनाइटेडलाई ३–२ गोल अन्तगरले पराजित गरेको हो । खेलमा बर्नान्डो सिल्भा, केभीन डी ब्रुएन र ओस्कार बोबले १–१ गोल गरेका थिए । यस्तै न्यूक्यासलका लागि एलेक्जेन्डर इसक र एन्थोनी गोर्डनले १–१ गोल गरेका थिए ।

खेलमा सिटीले २६ औँ मिनेटमा सिल्भाले गोल गर्दै अग्रता दिलाएका थिए । जितसँगै सिटी २० खेलबाट ४३ अङ्कका साथ तालिकाको दोस्रो स्थानमा रहेको छ भने न्यूक्यासल युनाइटेड २१ खेलबाट २९ अङ्कका साथ तालिकाको १० औँ स्थानमा रहेको छ ।

कर्णाली सरकारको एक वर्ष : जनशक्ति व्यवस्थापनदेखि समृद्धि परियोजना निर्माणसम्म

कर्णाली प्रदेश सरकारले एक वर्षको अवधी पुरा गरेको छ । प्रदेश सरकारले यस अवधिमा गरेका कार्यसम्पादनका काम र उपलब्धिबारे मुख्यमन्त्री राजकुमार शर्माले शनिबार कार्यप्रगति सार्वजनिक गरेका छन् ।

मुख्यमन्त्री शर्माले प्रदेश सरकारले प्रदेशको विकास निर्माणका काम सञ्चालन तथा व्यवस्थापनका लागि आवश्यक नीतिगत निर्णय, ऐन, कानुन, नियमावली, मापदण्ड, निर्देशिका तथा रणनीतिक योजना बनाएको छ । गत वर्ष पुस २८ गते पदबहाली गर्नुभएका मुख्यमन्त्री शर्मा नेतृत्वको सरकारको २६ पटक मन्त्रिपरिषद् बैठक बस्दा ८२ वटा निर्णय गरिएका थिए ।

मुख्यमन्त्री शर्माले एक वर्षको कार्यकालमा चार विधेयक र १८ नियमावली पारित, प्रदेशसभामा तीन विधेयक दर्ता, १६ कार्यविधि निर्माण, पाँच निर्देशिका, तीन मापदण्ड र छ रणनीति योजना तयार, मन्त्रिपरिषद् बैठकबाट १२ विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गरिएको जानकारी दिए । कर्णालीमा दुई हजार नौ सय २९ स्वीकृत कर्मचारी दरबन्दीमा समायोजन तथा सङ्घीय सरकारबाट कामकाजमा खटाइएका, लोक सेवा आयोगबाट सिफारिस भएका र करार सेवा गरी दुई हजार ८६ जनशक्ति पदपूर्ति गरिएको छ । सङ्गठन तथा व्यवस्थापन सर्वेक्षणको कार्य सबै मन्त्रालयमा छलफल भई स्वीकृतिको अन्तिम चरणमा पुगेको उनले बताए ।

त्यसैगरी सरकारले प्रदेश लोक सेवा आयोगबाट स्थानीय तहमा आठ सय २६ र प्रदेशमा तीन सय २२ गरी एक हजार एक सय ४८, सहायक चौथो र पाँचौँ गरी चार सय ७७ जनालाई स्थायी नियुक्ति दिएको छ । त्यस्तै नवौँ तहका १७, सातौँ तहका सात, पाँचौँ तहका पाँच र चौथो तहका तीन गरी ३२ वटा पाठ्यक्रम तयार गरिएको मुख्यमन्त्री शर्माले बताए ।

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेका परिवारलाई हालसम्म रु दुई करोड ८२ लाख विपद् जोखिमविरुद्ध सामूहिक दुर्घटना बीमा उपलव्ध गराउनेलगायतको विपद् व्यवस्थापन, शान्ति सुरक्षा, घाइते अपाङ्गता भएका व्यक्तिका लागि जीवन निर्वाह र सहिद परिवारका लागि सहिद स्मृति भत्ता उपलब्ध गराइएको छ । पत्रकारलाई लोककल्याणकारी विज्ञापन र पत्रकारिता पुरस्कारको व्यवस्था गरिएको मुख्यमन्त्री शर्माले जानकारी दिए । सरकारले उच्च शिक्षा प्राविधिक विषयका लागि छ सय २७ छोरी, एक सय ४५ बुहारी, चार सय २१ दलित, चार सय १४ अपाङ्गता भएका व्यक्ति, एक सय ६७ जेहेन्दार, नौ सहिद सन्तति र तीन सीमान्तकृतलाई छात्रवृत्ति प्रदान गरेको उनले बताए।

मुख्यमन्त्री शर्माका अनुसार प्रदेश गौरवको आयोजना कर्णाली प्रदेश रङ्गशाला निर्माणको कार्य ७० प्रतिशत सम्पन्न भएको छ । पछिल्लो समयमा तीन हजार पाँच सय ९७ नयाँ उद्योग दर्ता हुँदा रु नौ करोड ४७ लाख राजस्व सङ्कलन भएको छ । दुई हजार दुई सय ६९ हेक्टर जमिनमा थप सिँचाइ सुविधा उपलब्ध भएको छ भने आर्थिक वर्ष २०७९÷८० मा आठ सय २१ योजना सम्पन्न भएका छन् ।

पूर्वाधारतर्फ कर्णालीमा ५१ झोलुङ्गे पुल, सात सडक पुल, ३३ दशमलव ३२ किलोमिटर पक्की, एक सय ४९ दशमलव ४१ ग्राभेल सडक निर्माण तथा सात सय २५ दशमलव ०५ किलोमिटर नयाँ ट्रयाक खोलिएको छ । त्यस्तै चार हजार सात सय ११ सवारीसाधन दर्ताबाट रु २९ करोड ५२ लाख ६२ हजार राजस्व सङ्कलन गरिएको छ ।

लक्षित वर्ग विशेष कार्यक्रम, प्राङ्गारिक कृषि प्रवर्द्धन तथा रैथाने बाली विकास कार्यक्रम, जग्गा भाडामा अनुदान, कृषि तथा पशुपक्षी व्यवसाय प्रवर्द्धन कार्यक्रमबाट चार हजार आठ सय ३५ जना लाभान्वित हुँदा नौ सय ४७ जना पूर्ण स्वरोजगार तथा चार हजार ९६ जनालाई करिब चार महिना बराबरको आंशिक रोजगारी सिर्जना भएको प्रदेश सरकारले जनाएको छ ।

त्यस्तै कर्णाली समृद्धि परियोजनामार्फत सरकारले यहाँका बेरोजगार युवालाई रोजगारका विभिन्न अवसर उपलव्ध गराउने उद्देश्यले प्रदेशका सात सय १८ वटै वडामा मुख्यमन्त्री रोजगार कार्यक्रम सञ्चालन गरिएको छ । यस कार्यक्रमअन्तर्गत गत आवमा आठ लाख ४६ हजार एक सय ९२ दिन बराबरको रोजगारी सिर्जना भई १७ हजार बढीले रोजगारी प्राप्त गरेका छन् ।

प्रदेश सरकारले चालु आवमा पनि सबै वडामा कार्यक्रम सञ्चालनका लागि रु एक अर्ब १६ करोड ४० लाख रकम सशर्त अनुदानका रूपमा सबै पालिकमा पठाइएको जनाएको छ । कर्णाली समृद्धिको मूल उद्देश्यमा आधारित वार्षिक न्यूनतम १० हजार रोजगारी सिर्जना गर्ने समृद्धिको परियोजना सञ्चालन लागि वार्षिक कार्यक्रम कार्यान्वयनमा ल्याएको मुख्यमन्त्री शर्माले बताए । यसका लागि आवश्यक कानुन, परियोजना दस्तावेज, सूचना तथा तथ्याङ्क सङ्कलनका लागि अनलाइन प्रणाली निर्माण भइरहेको र निकट समयमा कार्यक्रम सञ्चालन गर्ने तयारी छ । प्रथम पञ्चवर्षीय योजनाको समीक्षा तथा दोस्रो पञ्चवर्षीय योजनाको अवधारणापत्र तयारीको साथै कर्णाली प्रदेश आयोजना बैंक तयारीसम्बन्धी कार्य गरिरहेको प्रदेश सरकारले जनाएको छ ।

झापामा सवारी दुर्घटना, दुईजनाको मृत्यु, आठ जना घाइते

बनियानी (झापा) । झापाको शिवसताक्षी नगरपालिका र कमल गाउँपालिकामा भएका छुट्टाछुट्टै दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ । शनिबार भएका ती दुवै दुर्घटनामा आठ जना घाइते भएका छन् ।

शिवसताक्षी–१०, सैनिक चौकस्थित पूर्व–पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ आइरहेको बा१४च ६६०३ नम्बरको कार र विपरीत दिशाबाट आइरहेको मे१०प ७२१२ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किँएको थियो ।

दुर्घटनामा मोटरसाइकल चालक दमक–९ का २३ वर्षीय अनुप ढकालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रप्रसाद रिजालले जानकारी दिए । ढकालको बिर्तासिटी हस्पिटल बिर्तामोडमा उपचारका क्रममा मृत्यु भएको हो । मोटरसाइकलको पछाडि सवार मोरङको उर्लाबारी–१ का २१ वर्षीय प्रदीप बस्नेत घाइते भएका छन् ।

त्यस्तै, कार चालक बिर्तामोड–३ का ५० वर्षीय अनिलकुमार शाह, कारमा सवार बिर्तामोड–४ का ५३ वर्षीय जयप्रकाश शाह, बिर्तामोड–३ का ४४ वर्षीय रञ्जन शाह र सोही ठाउँका ५३ वर्षीय ललित शाह घाइते भएका छन् ।

यस्तै, शनिबार नै झापाको कमल गाउँपालिका–४, चुलाचुली मोडमा स्कुटर र दुई मोटरसाइकल एकापसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कनकाई–३ का ७० वर्षीय रघुनाथ भट्टराई रहेका छन् ।

पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मे६प ३१५२ नम्बरको मोटरसाइकल र सोही दिशाबाट आउँदै गरेको प्रदेश १–०१–०१६प ८९९२ नम्बरको अर्को मोटरसाइकल एकापसमा ठोक्किँदा विपरीत दिशाबाट जाँदै गरेको प्रदेश १–०१–०१६प ७१४० नम्बरको स्कुटर समेत ठोक्किएको थियो ।

दुर्घटनामा कनकाई–५ का ५२ वर्षीय चन्द्रप्रसाद भट्टराई र कनकाई–३ का ७० वर्षीय रघुनाथ भट्टराई घाइते भएका थिए । घाइतेमध्ये रघुनाथको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक रिजालले जानकारी दिए । रासस

आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौं – आइतबार हिमाली भू-भागमा हिमपात र पहाडी भू-भागमा आंशिक बदली रहेको छ। जल तथा मौसम विभागका अनुसार हाल नेपालमा पश्चिमी वायुको आशिक प्रभाव परेको छ।

हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। तराईका अधिकांश स्थानहरूमा हुस्सु्/कुहिरो लागेको छ। आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ |

आज राती कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ ।कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

हेर्नुहोस् पुष २९ गते आइतवारको राशिफल

ज्यो.पं सरोज घिमिरे/मेष राशि – गरिरहेको काममा त्यती मन नलाग्नाने सामान्य अप्जस आईपर्ने छ । ब्यापार ब्यबसायमा राम्रो समय रहेको छ । खानपानको कारणले स्वास्थ सम्बन्धि समस्या उत्पन्न हुन सक्नेछ । मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहला । अनावश्क कार्यका निम्ति बढि समय ब्यतित हुन सक्छ । कार्य क्षेत्रमा सोचे अनुरुप समय दिन सकिने छैन ।

बृष राशि – मान्य जनको साथ सहयोग द्वारा कार्यको क्षेत्रमा जोश जागर बढ्नेछ । बिद्या प्राप्ति को योग रहेको छ । पारीवारिक झमेला ले सताउनेछ । सहि समयमा सहि निर्णय गर्न नसक्नाले सामान्य झन्झट देखा पर्नेछ । सामुहिक कार्यमा सहभागी हुने अबसर रहेकोछ । नयाँ कामको थालनिले दीर्घकालीन फाईदा हुन सक्ने सम्भाबना रहेको छ ।

मीथुन राशि- अनावश्यक खर्चको योग रहेको छ । दाजूभाई तथा ईष्ट मित्र बिच सामान्य मनमुटाब रहन सक्छ । कामको क्षेत्रबाट सामान्य अपजस वा झन्जट ब्यर्होनु पर्ला । धार्मिक यात्राको योग रहेको छ । प्रतिस्पर्धीह?को बृद्धि हुनाले खुट्टा तान्ने ब्यक्तिह? बाट बच्नु पर्नेछ । यात्रामा सामान्य झन्जट आउन सक्छ ।

कर्कट राशि – खानपानको गढ्रबढीले स्वास्थ क्षेत्रमा साधारण समस्या देखा पर्नेछ । प्रतिस्पर्धीह?को बृद्धि हुनाले खुट्टा तान्ने ब्यक्तिह? बाट बच्नु पर्नेछ । अनावश्यक कार्यका निम्ति बढि समय ब्यतित हुन सक्छ । गैर विश्वासनिय ब्यक्तिको भर पर्नाले सामान्य झन्झटको सामना गर्नु पर्नेछ । बोलिको कारण साथि भाई टाढिन सक्छन ।

सिंह राशि- आम्दानि क्षेत्र सबल रहेता पनि स्बास्थमा सामान्य बाधा आईपर्ने छ । जिवन साथिको सहयोगमा ब्यापार ब्यबसायका क्षेत्रमा रामा्रे समय रहनेछ । खुट्टा तान्ने ब्यक्तिह? बाट बच्नु पर्नेछ । नयाँ कामको थालनिले दीर्घकालीन फाईदा हुन सक्ने सम्भाबना रहेको छ । सामुहिक कार्यमा सहभागी हुने अबसर रहेकोछ ।

कन्या राशि – दाम्पत्य शुखमा कमि आउन सक्छ । आटँ र शाहसमा बृद्यि हुने योग रहेको छ । ब्यापार ब्यवसायमा भने दिन मध्यम रहनेछ । कार्य क्षेत्रमा सोचे अनु?प समय दिन सकिने छैन । सामुहिक कार्यमा सहभागी हुने अबसर रहेकोछ । बोल्दा होश पुर्याउनु होला । मेहेनत अनु?पको फल प्राप्त हुनाले कार्य क्षेत्रमा जागर बढ्नेछ ।

तुला राशि – मित्र जनको सहयोग बाट गरीएको कार्यमा सफलता प्राप्त हुनाले मन प्रशन्न रहला । नयाँ कामको थालनिले दीर्घकालीन फाईदा हुन सक्ने सम्भाबना रहेको छ । बोलिको कारण साथि भाई टाढिन सक्छन । बिद्या प्राप्ति को योग रहेको छ ।सहि समयमा सहि निर्णय गर्न नसक्नाले सामान्य झन्झट देखा पर्नेछ ।

बृश्चिक राशि- पारीवारीक साथ सहयोग बाट गरीएका कार्यमा बिशेष सफलता प्राप्त हुनेछ । मेहेनत अनु?पको फल प्राप्त हुनाले कार्य क्षेत्रमा जागर बढ्नेछ । खानपानको क्षेत्रमा बिशेष ध्यान दिनुहोला । ब्यापार ब्यबसायमा राम्रो समय रहेको छ । भौतिक साधनको प्रयोगमा बिशेष साबधानि अपनाउनु उत्तम रहनेछ ।

धनु राशि – मित्रजनकोे साथ सहयोगमा गरीएका कार्य द्वारा भाग्योदयको सम्भाबना रहेको छ । स्वास्थ सम्बन्धि समस्या ले सताउन सक्छ । यात्रामा सामान्य झन्जट आउन सक्छ । आटँ र शाहसमा बृद्यि हुने योग रहेको छ । दाजूभाई तथा ईष्ट मित्र बिच सामान्य मनमुटाब रहन सक्छ । देश बिदेशको यात्राको सम्भावना रहेकोछ ।

मकर राशि – सामान्य यात्रा हुन सक्छ । मनोरञ्जन तथा भोगबिलासमा समय ब्यतित हुनेछ । बोलिमा मधुरता छाउनाले अन्य ब्यक्तिह? प्रभाबित हुन सक्लान । मालसामान हराउन सक्ला । स्थीर सम्पतिमा गरीएको लगानिमा फाईदा हुनेछ । बोलिको कारण साथि भाई टाढिन सक्छन । अनावश्यक कार्यका निम्ति बढि समय ब्यतित हुन सक्छ ।

कुम्भ राशि – मान्यजनको साथ सहयोगले ब्यापार ब्यबसायमा रामा्रे समय रहेको छ । दाम्पत्य जिवन शुखमय बित्नेछ । स्वास्थ सम्बन्धि समस्याले सताउनाले निर्णय गर्ने क्षमतामा कमि आउनेछ । शारीरिक आलस्यताले सताउला । कार्य क्षेत्रमा सोचे अनु?प समय दिन सकिने छैन । सामुहिक कार्यमा सहभागी हुने अबसर रहेकोछ ।

मीन राशि – भोगविलासका क्षेत्रमा समय ब्यतित रहने योग रहेकोछ । गैर ब्यत्तिह?को बिश्वासमा नपर्नुनै उत्तम रहनेछ । सामान्य आर्थीक अभावको सामना गर्नु पर्ने समय रहेकोछ । देश बिदेशको यात्राको सम्भावना रहेकोछ । प्रतिस्पर्धीह?को बृद्धि हुनाले खुट्टा तान्ने ब्यक्तिह? बाट बच्नु पर्नेछ । यात्रामा सामान्य झन्जट आउन सक्छ ।

राप्ती बस दुर्घटनाका घाइते भन्छन्– भाग्यले बाँच्यौँ

जानकी । “लमहीमा खाना खाएर बस चढेपछि म निदाएछु, ब्युझिँदा अस्पतालको बेडमा थिएँ । दुर्घटना भएर उद्धार गर्दासम्म मैले केही थाहा पाइनँ”, कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालको शय्याबाट बाँके नरैनापुरका नफिस बेहेनाले पीडा सुनाए।

नरैनापुर गाउँपालिका–३ बालापुरका १९ वर्षीय बेहेना वैदेशिक रोजगारीका सिलसिलामा कतार जाने तयारीस्वरुप स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जाँदै थिए । तर दुर्घटना कुन बेला र कसरी भयो तथा कसरी उद्धार भयो भन्ने उनलाई केही थाहा छैन । दुर्घटनामा परी नफिसको देब्रे हात, ढाड र मुखमा चोट लागेको छ ।सोही दुर्घटनामा परी घाइते भएका बसका सहचालक शङ्कर थारू पनि सोही अस्पतालमा उपचाररत रहेका छन्् । थारूले चालक लालबहादुर नेपालीले भालुवाङमा रहेको प्रहरी ‘इन्ट्री पोस्ट’मा दर्ता नगरी तीव्रगतिमा बस कुदाएपछि दुर्घटना भएको बताए ।“भालुवाङस्थित प्रहरीको इन्ट्री पोस्टमा दर्ता गर्ने ठाउँमा आइपुग्दा रातिको त्यस्तै साढे १० बज्नै लागेको थियो । हामीभन्दा अगाडि अर्को गाडीको दर्ता हुँदै थियो, गुरुजीलाई अल्छी मान्नुभयो कि के हो, उहाँले बस नरोकी अगाडि कुदाउनुभयो”, सहचालक थारूले भने, “कुदाउने क्रममा बस अनियन्त्रित भइ नदीमा खस्यो ।”बस नदीमा खस्दा आफू होसमै रहेको थारूले बताए । “म क्याबिनमै थिएँ । बस एक्कासी नदीमा खस्यो । त्यतिबेला मलाई खासै चोट लागेको जस्तो त लागेको थिएन । तर नदीबाट बाहिर आएपछि भने श्वास फेर्न गाह्रो भयो”, अघिल्लो रातको घटना सम्झँदै उनले भने । बस नदीमा खसेको केहीबेरमै यात्रुको उद्धार सुरु भएको उनले सुनाए । सहचालक थारूले चालक लालबहादुर नेपालीको मापसे तथा लापसे सेवन गर्ने बानी नरहेको दाबी गरे ।दुर्घटनामा परी घाइते भएकी भारत बहाराइच जिल्लास्थित रुपैडिहा मटेराकी २० वर्षीया छोटी पथ्थरकट्टाको पनि कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ । उनी श्रीमान् राहुल पथ्थरकट्टा र बाबु चेतराम पथ्थरकट्टासँगै काठमाडौँमा रहेकी दिदी सङ्गीता पथ्थरकट्टालाई भेट्न जाँदै थिइन् ।“म श्रीमान् र बुवा तीनजना दिदीलाई भेट्न काठमाडौँ जाँदै थियौँ । काठमाडौँमा जाडोयामभर सिलौटा र झाटो बेच्ने र केही पैसा कमाएर घर फर्कने भनेर दिदी भिनाजुसँग हाम्रो कुरा भएको थियो, दुर्घटनामा हामी भाग्यले बाँच्यौँ”, छोटी पत्थरकट्टाले भनिन् ।नेपालगञ्जबाट काठमाडौँ जाँदै गरेको यात्रुवाहक बस गए राति दाङको भालुवाङस्थित राप्ती नदीमा खस्दा दुर्घटना भएको थियो । दुर्घटनामा परी घाइतेमध्ये १३ जनालाई उपचारका लागि कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालमा ल्याइएको थियो ।इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीका अनुसार १३ जनामध्ये पाँच जना उपचारपछि घर फर्किसकेका छन् भने आठजनाको उपचार जारी छ । घाइतेमध्ये कालीकोटका तिलकप्रसाद उपाध्यायको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ ।दुर्घटनापछि घाइतेलाई पाँचवटा एम्बुलेन्समार्फत राति नै सो अस्पतालमा ल्याइएको थियो । सल्यान निवासी २८ वर्षीय बस चालक लालबहादुर नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले चालकको लापरवाहीका कारण दुर्घटना भएको प्रारम्भिक निष्कर्ष निकालेको छ । भे १ ख ३९१२ नम्बरको माउन्टेन एयर न्यू बस नदीमा खस्दा १२ जनाको मृत्यु भएको छ ।

जापानी राजदूतद्वारा लेलेमा साकुराको बिरुवा रोपन

काठमाडौँ । नेपालका लागि जापानी राजदूत युताका किकुताले नेपाल–जापानबीच विशेष सम्बन्ध कायम रहेको र दुई देशबीचको सम्बन्ध मजबुत बनाउन नेपाल जाइका अल्मुनाइ एशोसिएसन (जान) ले महत्वपूर्ण भूमिका खेलेको बताएका छन् ।

जानले आफ्नो स्वर्ण जयन्तीका अवसरमा गोदावरीको लेलेमा आयोजना गरेको साकुरा (जापानी चेरी) को बिरुवा रोप्ने कार्यक्रममा राजदूत किकुताले सो कुरा बताएका हुन् । जाइका नेपालका प्रमुख आकिमिचु ओकुवोले जाइका नेपालले जापानी स्वयंसेवक उपलव्ध गराइ नेपालको सामुदायिक विकासमा सहयोग पुर्याउँदै आएको उल्लेख गर्दै जापानी स्वयंसेवकलेसमेत दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ तुल्याउन र जापानिज प्रविधि नेपाल भित्र्याउन ठूलो भूमिका खेलेको बताए ।


गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले जापानले गोदावरी नगरपालिकामा पुर्याउँदै आएको सहयोगका लागि धन्यवाद ज्ञापन गर्दै भविष्यमा समेत यस किसिमको सहयोगलाई निरन्तरता दिन जापानी राजदूतावास, जाइका नेपाल र जानलाई अनुरोध गरे ।


गोदावरी नगरपालिका–५ का वडाध्यक्ष मिलन सिलवालले जानले लामो समयदेखि लेलेमा सहयोग पुर्याइरहेको जनाउँदै रोपिएका साकुरा बिरुवाको पूर्णरूपमा संरक्षण गर्ने विश्वास दिलाए । जानका अध्यक्ष डा.रामचन्द्र भुसालले जानले गोदावरीको लेले क्षेत्रमा सामुदायिक विकास कार्यक्रमअन्तर्गत विभिन्न कार्यक्रममार्फत समुदायका व्यक्तिहरूको आयआर्जन र क्षमतामा अभिवृद्धि गरी जीवनस्तर उकास्ने कार्य गर्दै आएको बताए ।

गोदावरी नगरपालिका–५ ले साकुरा बगैँचा निर्माणका लागि जग्गा उपलव्ध गराइ आवश्यक पूर्वाधार निर्माणमा समेत सहयोग पुर्याएकाले धन्यवाद ज्ञापन गर्दै उनले साकुरा बगैँचाले नेपाल–जापान सम्बन्ध मजबुत बनाउन थप सहयोग पुर्याउनेमा विश्वास व्यक्त गरे ।

स्वर्ण जयन्तीका अवसरमा जानले विभिन्न कार्यक्रम गर्ने सिलसिलामा लेलेमा ४० वटा साकुराका बिरुवा रोपी साकुरा बगैँचा निर्माण गरिएको छ । केही महिना अगाडि राष्ट्रपति भवन शीतलनिवासमा ३२ बोट साकुराका बिरुवा रोपिएको अध्यक्ष गौतमले जानकारी दिए ।

नेपाल–जापानको सम्बन्ध मजबुत बनाउन उल्लेखनीय योगदान गरेकाले जापान सरकारको परराष्ट्र मन्त्रालयले जानलाई प्रशंसा अवार्डसमेत प्रदान गरेको थियो । जान जापानमा अध्ययन गरी फर्र्किएका नेपाल सरकारका बहालवाला तथा सेवानिवृत्त सरकारी अधिकारी, विभिन्न सार्वजनिक क्षेत्रका प्राविधिक, प्राज्ञ, स्वतन्त्र प्राविधिज्ञ तथा व्यवसायीहरूको सामाजिक संस्था हो ।

यस संस्थाले दुई देशबीचको मित्रतालाई सुमधुर बनाउनका साथै अध्ययनका क्रममा जापानमा आर्जित ज्ञान तथा सीपलाई मुलुकको विकासमा लगाउने प्रमुख उद्देश्यका साथ सन् १९७३ देखि क्रियाशील रहिआएको छ । यस वर्ष जानले आफ्नो स्वर्ण जयन्ती (५०औँ वार्षिकोत्सव) को उपलक्ष्यमा विभिन्न कार्यक्रमसमेत आयोजना गरेको छ ।

भेटियो जङ्गबहादुरका पालाको स्वस्थानी

काठमाडौँ । “तब देवताहरू डराई भाग्न लाग्या । हे देवता हो, अब ञाहाँ नबसौँ, क्या भन्या । तारकासुर दैत्यलाई महादेवले वरदान दियाको छ । तेसलाई युद्ध गरी को जित्न सक्ला । अब भागौँ भनी सबै देवता स्वर्गदेखि आई मृगस्थलीमा बसी रह्या ।”

यो अनुच्छेद पढ्दा सहजै अनुमान लगाउन सकिन्छ, पक्कै पनि स्वस्थानी व्रतकथाको किताबबाट लिइएको हो । यसको भाषा वर्तमान बोलीचालीको नभई प्रधानमन्त्री जङ्गबहादुरको पालाको हो ।

चन्द्रलाल मुमिकश श्रेष्ठले विसं १९१५ अर्थात् १६५ वर्षअघि लेखेको ‘चैनपुरको ऐतिहासिक स्वस्थानी’ बाट लिइएको अनुच्छेद हो यो । उनले संखुवासभाको चैनपुरमा रहँदा यो पुस्तक लेखेका थिए । चैनपुरको एउटा घरमा सुरक्षित राखिएको हस्तलिखित ग्रन्थलाई छपाइ गरी शनिबार सार्वजनिक गरिएको छ । श्रेष्ठ परिवार २७५ वर्षअघि ललितपुरको कुम्भेश्वरबाट सङ्खुवासभाको चैनपुर पुगेको थियो ।


चन्द्रलाल मुमिकश श्रेष्ठ लिखित स्वस्थानी प्रकाशन समूहका संयोजक निराकार श्रेष्ठले त्यसबेला नेवार समुदायको आवश्यकतालाई मनन गरी आफ्नै परिवेशमा स्वस्थानी व्रतकथाको रचना गर्नु महत्वपूर्ण भएको बताए। उनले भने, “यो ग्रन्थलाई चैनपुरमा संरक्षण गर्दै आएका थियौँ । घर घरमा पाठ गर्ने यो धार्मिक ग्रन्थलाई सबैको पहुँचमा पुयौउन छापेका हौँ ।”

बजारमा पाइने स्वस्थानी व्रतकथाका पुस्तकमा ३१ अध्याय भए पनि चैनपुरको ऐतिहासिक स्वस्थानी व्रतकथामा २२ अध्याय लेखिएको छ । नेपाली भाषामा लेखिएको यो व्रतकथामा बजारमा पाइने पुस्तकमा रहेका अध्यायभन्दा साना छन् । गोमा ब्राह्मणीले पुत्र नवराजलाई परदेश नजान सम्झाउँदै गरेको दृश्यलाई व्रतकथामा यसरी उल्लेख गरिएको छ, “तँ गयापछि तेरी स्त्री चन्द्रावती पनि बस्न्या छैन । माइत जान्या छ । एस अर्थले जान्छु नभन ।” भाषा अध्ययन गर्नेका लागि पनि यो पुस्तक स्रोत सामग्री बन्न सक्छ ।

पौष शुक्ल पूर्णिमादेखि सुरु हुने स्वस्थानी व्रतकथा एक महिनासम्म चल्छ । यस पटक आगामी माघ ११ गतेदेखि स्वस्थानी व्रत सुरु हुँदै छ ।

स्वस्थानी व्रतकथाको सबैभन्दा पुरानो पुस्तक विसं १६२९ को फेला परेको छ । यो संस्कृत भाषामा लेखिएको छ । यो व्रतकथाका पुस्तक उपत्यकाबाहेक पाल्पा, गोर्खालगायत जिल्लामा पनि लेखिएका थिए । नेपाल (नेवारी), मैथली, हिन्दी भाषामा पनि लेखिएको फेला परेको छ । राष्ट्रिय अभिलेखालयमा हस्तलिखित स्वस्थानी कथा डिजिटाइजेसन गरिएको छ ।

चैनपुरको ऐतिहासिक स्वस्थानी सार्वजनिक गर्दै ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले पुरानो स्वस्थानी व्रतकथाको पुस्तकले धर्म संस्कृतिका क्षेत्रमा नयाँ आयाम थपेको बताउँदै गुनासो गरे, “सार्वजनिक खरिद ऐन सम्पदा संरक्षणका लागि बाधक बनेको छ । यसमा परिवर्तन गर्न नसकिए सम्पदा संरक्षण गर्न निकै मुस्किल हुँदै जाने छ ।”

पूर्वमन्त्री लक्ष्मणप्रसाद घिमिरेले सबैभन्दा पहिले नेवारीमा, त्यसपछि संस्कृतमा स्वस्थानी व्रतकथाको पुस्तक लेखिएको बताउँदै थप्नुभयो, “साल नै उल्लेख भएकाले चैनपुरको स्वस्थानी व्रतकथाको पुस्तक अझ आधिकारिक छ ।” प्रकाशन समूहका संयोजक श्रेष्ठले हस्तलिखित ग्रन्थ सुरक्षा र सबैको पहुँचका लागि राष्ट्रिय अभिलेखालयलाई हस्तान्तरण गरिने बताए। चैनपुरको ऐतिहासिक स्वस्थानीको लिप्यन्तरण भीष्म बाँस्कोटाले गरेका छन् । यो खबर आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

संवैधानिक कानुन व्यवसायी मञ्चको अध्यक्षमा ओमप्रकाश अर्याल चयन

काठमाडौँ, २८ पुस : संवैधानिक कानुन व्यवसायी मञ्चको २१औँ साधारणसभाले ओमप्रकाश अर्यालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।मञ्चको उपाध्यक्षमा शर्मिला श्रेष्ठ, महासचिवमा लीलाधर उपाध्याय, कोषाध्यक्षमा रोशन पोखरेल, सदस्यमा दिनेश त्रिपाठी, अमरबहादुर राउत, रोशनी पौड्याल र पवनकुमार जायसवाल निर्वाचित हुनुभएको हो ।

दुईवर्षे कार्यकालका लागि नयाँ कार्यसमिति निर्वाचित भएको नवनिर्वाचित अध्यक्षमा ओमप्रकाश अर्यालले जानकारी दिनुभयो । मञ्चको संस्थापक अध्यक्षमा डा भीमार्जुन आचार्य, पूर्वअध्यक्षमा कुमार रेग्मी, टीकाराम भट्टराई, डा चन्द्रकान्त ज्ञावली, रविनारायण खनाल, ललितबहादुर बस्नेत, राजुप्रसाद चापागाईँ, दिनेश त्रिपाठी हुनुुहुन्छ ।

सहकारी महासङ्घको अध्यक्षमा मल्ल चयन

काठमाडौँ, २८ पुस : राष्ट्रिय सहकारी महासङ्घको अध्यक्षमा ओमदेवी मल्ल चयन हुनुभएको छ । आज यहाँ सम्पन्न महासङ्घको ३१औँ वार्षिक साधारणसभाले मल्लको नेतृत्वमा महासङ्घको नयाँ सञ्चालक समिति चयन गरेको हो ।

साधारणसभाबाट वरिष्ठ उपाध्यक्षमा रमेशप्रसाद पोखरेल, उपाध्यक्षमा खेमबहादुर पाठक, डिबी बस्नेत र इन्दिरा पन्त सर्वसम्मत हुनुभएको छ । यसअघिसम्म महासङ्घमा एक वरिष्ठ उपाध्यक्ष र दुई उपाध्यसहित तीनजना उपाध्यक्ष रहने व्यवस्था भए पनि ३१औँ साधारणसभामार्फत विधान संशोधन गर्दै तीनजना उपाध्यक्ष रहने व्यवस्था गरेको हो ।

महासङ्घको सञ्चालकमा टेकप्रसाद चौलागाईँ, हुमाकुमारी जिसी (अन्जु), बद्रीप्रसाद लम्साल, काशीचन्द्र बराल, परितोष पौड्याल, हरिहरनाथ योगी, माधवप्रसाद जोशी, शम्भुप्रसाद, छत्रप्रसाद रिमाल, पार्वती न्यौपाने, टीका न्यौपाने, नथुनी यादव, प्रेमप्रसाद सुवेदी जैसी, सुमन नेपाल, होमनाथ जैसी, एकता शाह, योगमाया सुवेदी, शारदा दाहाल, कमला कुमारी र सुवेदी पौडेल चयन हुनुभएको छ । महासङ्घको तीन सदस्य लेखा सुपरीवेक्षण समितिमा संयोजकमा भीम तुलाचनसहित सदस्यमा अमरनाथ न्यौपाने र हेमकुमारी अधिकारी निर्विरोध निर्वाचित हुनुभएको छ ।

नागरिक उन्मुक्ति पार्टीको संस्थापक अध्यक्ष श्रेष्ठ सहअध्यक्षमा मनोनित

काठमाडौँ, २८ पुस : नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले पार्टीका संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । आज कैलालीको टीकापुरमा सम्पन्न प्रथम महाधिवेशनबाट पार्टीका संरक्षक रेशम चौधरी अध्यक्षमा निर्वाचित भएपछि बसेको पहिलो बैठकले विधान संशोधन गर्दै श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको हो ।

नाउपाले विधान संशोधन गरी दुईजना महासचिव हुने व्यवस्थासमेत गरेको छ । पार्टीको विधानमा ३९ जना पदाधिकारीसहित दुई सय ४६ जना केन्द्रीय सदस्य निर्वाचित र दुई सय ५५ जना मनोनित गर्ने व्यवस्था छ । महाधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा दामोदर पण्डित र कोषाध्यक्षमा टीकालक्ष्मी चौधरी पनि निर्विरोध निर्वाचित हुनुभएको छ ।

यसैगरी पार्टीले सातवटै प्रदेशमा प्रदेश उपाध्यक्ष निर्विरोध चयन गरेको छ । सुदूरपश्प्रदेशको उपाध्यक्षमा रतनबहादुर थापा, गण्डकी प्रदेश उपाध्यक्षमा शिवकुमार बाँस्तोला, कर्णाली प्रदेश उपाध्यक्षमा महेन्द्र पुन, कोशी प्रदेश उपाध्यक्षमा इन्द्रकुमारी लिम्बू र मधेस प्रदेश उपाध्यक्षमा रामकुमार महतो निर्वाचित भएका छन् । त्यसैगरी सातजना सहमहासचिवमा रामलाल डगौंरा, पदम अधिकारी, पवनकुमार साह, दिलकुमारी लावती, राजन गुरुङ, प्रेमवती राना र नीरबहादुर श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् ।

साथै सचिवमा तुलसीप्रसाद चौधरी, ललित ताम्राकार, चन्द्रकुमारी चौधरी र विजयकुमार बस्नेत र सहसचिवमा पुष्पलता रेग्मी अधिकारी, करिश्मा कठरिया, अहमद हुसेन मनिहर, मणिराज भण्डारी, लालबहादुर रावत र डम्बरबहादुर लिम्बू निर्विरोध निर्वाचित हुनुभएको छ ।

राप्ती बस दुर्घटना अपडेट : मृतक सबैको सनाखत,चालकको लापरवाहीका बस दुर्घटना भएको निष्कर्ष

तुलसीपुर (दाङ), २८ पुस – गए राति साढे १० बजे पूर्व–पश्चिम राजमार्गअन्तर्गत दाङको राप्ती नदीमा भएको बस दुर्घटनामा मृत्यु हुने सबैको सनाखत भएको प्रहरीको भनाइ छ ।

मृत्यु हुनेमा बाँकेका चारजना, भारतीय नागरिक तीनजना, रुकुमपश्चिम, चितवन, मकवानपुर, काठमाडौँ र जुम्लाका एक–एकजना छन् । दुर्घटनामा परी बाँके खजुरा गाउँपालिका–३ का सञ्जय केसी, बाँके नेपालगञ्जका ६० वर्षीया कुसुम बस्नेत, बाँकेका ३० वर्षीय रामवरण हरिजन, बाँके कोहलपुर–८ का २८ वर्षीय अर्पण थापाका छन् ।

त्यस्तै रुकुम साविक गोतमकोट गाउँपालिका–९ का २५ वर्षीय दीपक कामी, चितवन भरतपुर नगरपालिका–२५ का ३५ वर्षीय अनिल खड्का, मकवानपुरका ३९ वर्षीय सौरभ विष्ट, काठमाडौँ चन्द्रगिरिका ६५ वर्षीय ताराकान्त पाण्डे, जुम्लाका ४० वर्षीय मुनबहादुर रावत, भारत विहारका ६७ वर्षीय जोगेन्द्र राम, भारतजी बहराइज नानपारा बग्लु भौतपुरका ४५ वर्षीय चेतराम सिल्पकार र भारत उत्तर प्रदेशका ३१ वर्षीया मुनेको मृत्यु भएको हो ।

सो दुर्घटनामा परी २१ जना घाइते भएका छन् । मृत्यु भएकामध्ये १० जनाको शव परीक्षण भइसकेको छ भने दुई जनाका आफन्त नआएकाले शव परीक्षण हुनसकेको छैन । शवलाई लमही अस्पतालमा राखिएको छ ।

दुर्घटनामा परी २४ जना घाइते भएका थिए । घाइतेमध्ये चारजना गम्भीर, ११ जना मध्यम र नौजनाका अवस्था सामान्य रहेको प्रहरीको भनाइ छ । घाइतेमध्ये तीनजनाको उपचारपछि डिस्चार्ज भइसकेको छ । घाइतेमध्ये आठ जनाको बुटवल र १३ जनाको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ ।

चालकको लापरवाहीका कारण दुर्घटना : प्रहरी- दुर्घटना चालकको लापरवाहीका कारण भएको प्रहरीको प्रारम्भिक निष्कर्ष छ । इन्ट्री नगरी तीव्रगतिमा कुदाउँदा बस अनियन्त्रित भइ दुर्घटना भएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक जनकबहादुर मल्लले बताउनुभयो ।

“चालकले सपट बिग्रिएर दुर्घटना भएको वयान दिएका छन्”, उहाँले भन्नुभयो, “तर हामीलाई त्यस्तो लाग्दैन, नजिकै प्रहरीको इन्ट्री प्वाइन्टमै नरोकेर तीव्रगतिमा लिएकाले दुर्घटना भएको हाम्रो निष्कर्ष छ”, प्रहरी नायब उपरीक्षक मल्लले भन्नुभयो ।बस दुर्घटनामा सात जनाको घटनास्थलमै र पाँच जनाको उपचारका क्रममा निधन भएको हो ।

जनप्रतिनिधिले जनताले अमूल्य मत दिएर जिताएको मतको कदर गर्दै काम गर्नुपर्छ :परराष्ट्रमन्त्री साउद

बैतडी, २८ पुस : परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले जनप्रतिनिधिले जनमतको कदर गर्नुपर्नेमा जोड दिनुभएको छ ।नेपाली कांग्रेस बैतडीले आज टनमा आयोजना गरेको कार्यकर्ता भेटघाट तथा अन्तरक्रियामा मन्त्री साउदले भन्नुभयो, “जनताले अमूल्य मत दिएर जिताएकाले सो योगदान भुल्न हुँदैन, मतदाताले हामीलाई ठूलो जिम्मेवारी दिनुभएको छ । त्यसैले जनमतको कदर गर्दै काम गर्नुपर्छ ।”जनताले सुम्पिएको जिम्मेवारी उनीहरूको हक, अधिकारका लागि समर्पित गर्नुपर्ने उहाँको भनाइ थियो ।

त्यस अवसरमा कांग्रेसका बैतडी जिल्ला सभापति चतुरबहादुर चन्द, पदाधिकारी तथा सदस्य, प्रदेशसभा, नगर, गाउँ, वडा कार्यसमितिका पदाधिकारी तथा सदस्य, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि र कांग्रेसका तर्फबाट बैतडीका १० वटै पालिकामा निर्वाचित जनप्रतिनिधिको उपस्थिति रहेको थियो ।

पार्टीलाई नयाँ उचाइमा पुर्याउन राजनीतिक दृष्टिकोणलाई गाउँ-टोलसम्म पुर्याउन कार्यकर्तालाई निर्देशन

काठमाडौँ, २८ पुस : नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टीलाई नयाँ उचाइमा पुर्याउनका लागि राजनीतिक दृष्टिकोण गाउँ र टोलसम्म पुर्याउन कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।

पार्टीको शङ्खरापुर नगरस्तरीय कार्यकर्ता भेलामा अध्यक्ष नेपालले जनताका समस्या समाधान गर्दै उनीहरूको सेवालाई केन्द्रमा राखेर अघि बढ्न सबै नेता, कार्यकर्तालाई निर्देशन दिनुभयो । सिङ्गो मुलुकको विकासको खाका आफ्नो पार्टीले तयार गरेको बताउँदै उहाँले नेता–कार्यकर्ताले जनतामाझ गएर त्यसलाई बुझाउन सक्नुपर्नेमा जोड दिनुभयो ।अध्यक्ष नेपालले सातै प्रदेशमा पार्टीको अस्तित्व देखिएको भन्दै अब पालिकामा देखिने गरी सङ्गठन विस्तारमा जोड दिन निर्देशन दिनुभयो । विगतमा गठबन्धनको साथमा चुनाव लड्दा अपेक्षित नजिता हासिल गर्न नसकेकाले अब आफ्नै शक्तिमा चुनाव जित्ने गरी तयारी गर्नुपर्ने उहाँको भनाइ थियो ।सत्तारूढ दलका उम्मेदवारलाई विजय गराउन पार्टीप¬ङ्क्तिलाई निर्देशन दिँदै उहाँले वर्तमान गठबन्धन पाँच वर्षसम्म कायम रहनेमा आशङ्का नगर्न आग्रह गर्नुभयो । पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष नेपालले जनतालाई रोजगारी उपलव्ध गराउने, कृषि, उद्योग, जलस्रोत, पर्यटन, शिक्षा, स्वास्थ्य, विज्ञान प्रविधिलगायत क्षेत्रको विकास गरी देशलाई अघि बढाउनुपर्नेमा जोड दिनुभयो । उहाँले भ्रष्टाचार गर्नेहरू जुनसुकै पार्टीका नेता वा विशिष्ट व्यक्ति भए पनि उन्मुक्ति पाउन नहुने बताउनुभयो ।सत्तारूढ दलका उम्मेदवारलाई विजय गराउन निर्देशनएकीकृत समाजवादीले यही माघ ११ हुन लागेको राष्ट्रियसभा सदस्य निर्वाचनमा सत्तारूढ दलका उम्मेदवारलाई विजय गराउन पार्टीपङ्क्तिलाई परिचालन गर्ने भएको छ । पार्टीले गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका सबै उम्मेदवारलाई जिताउन मातहतका प्रदेश, जिल्ला, क्षेत्र, वडा तथा पार्टी निकट जनवर्गीय सङ्गठनलाई क्रियाशील गराउन निर्देशन दिएको पार्टी कार्यालय सचिव जीवनराम श्रेष्ठले जानकारी दिनुभयो ।सम्बन्धित भूगोलमा सम्बन्धित उम्मेदवारको पक्षमा मतदानका लागि आवश्यक समन्वय र सहजीकरण गर्न पार्टी आबद्ध नेतालाई जिम्मेवारीसमेत दिइएको छ । पार्टीले गठबन्धनबाट प्राप्त गरेको दुई सिटमा कर्णाली प्रदेशबाट सावित्री मल्ल र बागमती प्रदेशबाट घनश्याम रिजाललाई उम्मेदवार बनाएको छ ।यसैबीच पार्टीको आसन्न विधान सम्मेलनका लागि पार्टी केन्द्रले सुझाव सङ्कलनका लागि मस्यौदा प्रदेश, जिल्ला कमिटीमा पठाएको छ । विधान संशोधनबारे पार्टीको मातहतका प्रदेश र जिल्ला कमिटीबाट सुझाव आएपछि विधान मस्यौदाको अन्तिम रूप दिइने जनाइएको छ ।