कांग्रेस डराएर १० सीटेलाई डेढ वर्ष प्रधानमन्त्री बनाउँछौँ भन्ने ठाउँमा पुग्यो: गगन थापा

प्रमुख खबर

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सत्ता बाहिर बस्नुपर्छ भन्ने डरले गर्दा कांग्रेस १० सीट भएका माधव नेपाललाई डेढ वर्ष प्रधानमन्त्री बनाउन तयार हुने अवस्था आएको भन्दै चिन्ता व्यक्त गर्नु भएको छ।
महामन्त्री थापाले भन्नुभयो, ‘आज कांग्रेसको पहिचान सत्ताका लागि जे पनि गर्ने भन्ने बनेको छ। १० सीट जितेको पार्टीको नेतालाई अर्को डेढ वर्ष प्रधानमन्त्री मानेर टाउकोमा राखे, बुइमा चढाएर कांग्रेस अन्तिममा डेढ वर्ष प्रधानमन्त्री बन्छौँ भन्ने अवस्थामा पुगेको छ। सरकारबाट बाहिर जानुपर्ला भनेर डराएर यस्तो गरिएको हो । अब नीति महाधिवेशनले यो परिवर्तन गर्नुपर्छ ।’
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट