`

राष्ट्रियसभा बैठक बस्दै, प्रतिपक्षी दलको संसद् अवरोध गर्ने अडान कायमै

Nepal One HD २१ असार २०८० ७:४२
राजनीति

काठमाडौँ – राष्ट्रियसभा बैठक बस्दैँछ । सङ्घीय संसद् भवन, नयाँ बानेश्वरमा दिउँसो १ः०० बजे राष्ट्रियसभा बैठक बस्न लागेको हो । 

बुधवार दिउँसो २ः३० बजे बोलाइएको बैठक आधा घण्टा स्थगित गरी ३ः०० बजे बोलाइएको थियो । तर, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा नदिएसम्म संसद् चल्न नदिने प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले अडान कायम राखेका कारण दिउँसो ४ः४६ बजे बोलाइएको थियो । सो बैठक पनि सञ्चालन हुन नसकेपछि आजका लागि बैठक बोलाइएको हो । 

भारतले नेपालको प्रधानमन्त्री बनाउने आशयको अभिव्यक्ति दिए छि प्रतिपक्षी दलहरूले सदन अवरुद्ध गरेका थिए । उनीहरूले प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने अडान कायमै राखेका छन् । 


प्रतिक्रिया