`

कोशी प्रदेश : मुख्यमन्त्रीका लागि थापाको दाबी पेश

Nepal One HD २१ असार २०८० १७:४५
राजनीति

विराटनगर / कोशी प्रदेशका मुख्यमन्त्रीका लागि नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता उद्धव थापाले आज दाबी पेश गर्नुभएको छ ।

उहाँले प्रदेश प्रमुख पर्शुराम खापुङसमक्ष आज अपराह्न ४ः५२ को समयमा सो दाबी पेश गर्नुभएको हो । थापाका लागि नेपाली कांग्रेसका २९, नेकपा ९माओवादी केन्द्र० का १२, नेकपा ९एकीकृत समाजवादी० का चार, जनता समाजवादी पार्टी (जसपा) का एक तथा सभामुख बाबुराम गौतमको पनि समर्थन रहने गरी दाबी पेश भएको बताइएको छ ।


प्रतिक्रिया