`

मुलुकमा थोरै संख्याको बलियो दल आवश्यक छ : महासचिव पोखरेल

Nepal One HD २३ असार २०८० १५:३०
राजनीति

काठमाडौँ / नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुकमा थोरै संख्याको बलियो दल आवश्यक रहेको बताउनुभएको छ ।

एमाले रामेछाप–काठमाडौं सम्पर्क मञ्चद्वारा शनिबार काठमाडौंमा आयोजित अभिमुखिकरण कार्यक्रमलाई सम्बोधन गर्दै पोखरेलले धेरै दल हुँदा मुलुकका बाह्य हस्तक्षेप बढेको, मुलुकको अवस्था सुधार हुन नसकेको भन्दै धेरै भन्दा थौरै तर बलियो दल आवश्यक रहेको बताउनुभएको हो ।

अहिले प्रतिनिधिसभामा कांग्रेस र एमाले ठूला दलका रुपमा रहेपनि कमजोर शक्तिले मुलुकको नेतृत्व गरेको र समाजमा अहिले पनि धुव्रिधरण हुन नसकेको उहाले बताउनुभयो । उहाले कमजोर शक्तिले शासन गर्ने र हरपल नीतिगत सम्झौता गर्ने अवस्थाबाट मुलुकलाई बाहिर निकाल्नुपर्ने जिकिर गर्नुभयो ।

महासचिव पोखरेलले अहिले एमालेलाई जनतामाझ जान नदिनका लागि केन्द्र र प्रदेशमा १० दल मिलेर सरकार बनाएको तर्क गर्नुभयो । अहिले नेकपा एमाले एक्लिएको नभई जनतामा जान डराउनेहरु एमालेसंग डराएर गठबन्धन बनाउन बाध्य भएको उहाले बताउनुभयो । उहाले निश्चित व्यापारिक घरानाहरुलाई राखेर करका दर हेरफेर गरेको र यसले मुलुकको अर्थतन्त्रमा असर परेको उल्लेख गर्नुभयो ।

महासचिव पोखरेलले समृद्ध नेपाल सुखी नेपालीको नारालाई एमालेले मात्रै पुरा गर्न सक्ने दावी गर्नुभयो ।


प्रतिक्रिया