दुइ घण्टा पछि सर्यो प्रतिनिधिसभा बैठक

राजनीति

काठमाडौं / प्रतिनिधिसभाको बैठक दुइ घण्टालाइ सरेको छ ।
सिंहदरबारमा शिर्ष नेताहरुबिच छलफल जारी नै रहेकोले प्रधानमन्त्रीको आग्रहमा आज निर्धारित प्रतिनिधिसभाको बैठक दिउँसो एक बजे बस्ने भनिएकोमा दुइ घण्टाका लागि पछाडि सारिएको छ ।
सभामुख देवराज घिमिरेलाइ प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभाको बैठक दुइ घण्टा पछाडि सार्न आग्रह गरेपछि सभामुखले तीन शिर्ष नेताबिचको छलफलले सदन खुलाउन सकारात्मक निष्कर्ष निकाल्न शुभकामना दिनुभएको सभामुखको सचिवालयले जनाएको छ ।
केही दिनअघि भारतीय व्यापारी सरदार प्रितम सिंहबारे उनकी छोरीले लेखेको पुस्तक विमोचन कार्यक्रममा आफुलाई प्रधानमन्त्री बनाउन सरदार सिंह धेरैपटक भारत पुगेको अभिव्यक्ति दिएका थिए । उनको उक्त अभिव्यक्तिलाई लिएर एमाले राप्रपा र रास्वपाले निरन्तर संसद अवरुद्ध गर्दै आएका छन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट