`

सुदूरपश्चिम प्रदेशसभा बैठक आज बस्दै

Nepal One HD २५ असार २०८० १२:०४
राजनीति

अत्तरिया / सुदूरपश्चिम प्रदेशसभाको आज अपराह्न ४ बजेदेखि बैठक बस्दैछ । आगामी आर्थिक वर्ष २०८०-८१ का लागि ल्याइएको बजेटमाथिको छलफल आजदेखि सुरु हुने भएको छ ।

यही असार १ गते प्रदेशसभामा आर्थिक मामिलामन्त्री नरेशकुमार शाहीले पेस गर्नुभएको बजेटमाथिको छलफल आजदेखि अघि बढ्ने सभामुख भीमबहादुर भण्डारीले जानकारी दिनुभयो ।

सत्तापक्ष र प्रतिपक्षी दलले सरकारले ल्याएको वार्षिक कार्यक्रमप्रति असन्तुष्टि व्यक्त गर्नु, प्रदेशसभा सदस्य प्रदेश बाहिर रहनु र सरकारले तयारी अघि नबढाउँदा बजेटमाथिको छलफल ढिला गरी अघि बढ्न लागेको सभामुख भण्डारीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “आज प्रदेशसभा बैठक बस्छ, अहिले कार्य परामर्श समितिको बैठक बसिरहेको छ, यकीन समय भन्न सकिँदैन, कार्य परामर्श समितिले बजेटमाथिको छलफललाई नै प्रमुख एजेण्डा बनाउनसक्ने देखिएको छ ।”


प्रतिक्रिया