`

नैतिकता भन्ने चिज जिवित छ भने प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ : राजेन्द्र लिङ्देन

Nepal One HD २५ असार २०८० १६:५२
राजनीति

काठमाडौँ / राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्षसमेत रहेका सांसद राजेन्द्र लिङ्देनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग गरेका छन्।

नैतिकता छ भने प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने लिङ्देनले बताए।

यो राष्ट्रको सार्वभौमसत्तासँग सम्बन्धित विषयमा यस प्रकारको अभिव्यक्ति आउनु सामान्य कुरा होइन,’ उनले भने, ‘त्यसपछि झन् प्रधानमन्त्रीबाट प्रतिपक्षलाई गम्भीर आक्षेप लगाउने काम भयो।’

उनले भने,‘नैतिकता भन्ने चिज यदि जिवित छ भने उहाँ (प्रधानमन्त्री प्रचण्ड) ले राजीनामा दिनुपर्छ । यो दबाबले मागिने कुरा होईन । म यो सभालाई स्मरण गराउन चाहन्छु, अघिल्लो सभाको कुरा, तत्कालिन कानूनमन्त्री शेरबहादुर तामाङले सानो बोली चिप्लिँदाखेरि उहाँले नैतिकताको आधारमा राजीनामा दिनुभएको थियो । यो राष्ट्रको सार्वभौमसत्तासँग जोडिएर प्रधानमन्त्रीबाट यस्तो कुरा आउनु सामान्य कुरा होईन।’


प्रतिक्रिया