`

 सहकारी पीडितको प्रदर्शन, बचत फिर्ता गराइदिन माग

Nepal One HD ३१ असार २०८० १२:५१
प्रमुख खबर

काठमाडौं / सहकारी पीडितहरूले काठमाडौंमा प्रदर्शन गरेका छन् । विभिन्न सहकारीबाट ठगिएका बचतकर्तारहरूले आज काठमाडौंमा प्रदर्शन गरेका हुन् । 

उनीहरूले सहकारीमा बचत गरेको रकमको ग्याण्टी हुनुपर्ने, साँवा र व्याजसहित फिर्ता गर्नुपर्ने भन्दै माइतिघर-बिजुली बजार सडकमा प्रदर्शन गरेका हुन् ।

सहकारी पीडितले आज बिहान सिंहदरबार घेराउ गर्नुका साथै नयाँ बानेश्वरस्थित सहरकारी विभागमा ताला लगाएका थिए ।

सो क्रममा सडक अवरुद्ध गर्न खोजेपछि केही प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ । 

सहकारी पीडितहरू ४५ दिनदेखि आन्दोलनमा छन् ।


प्रतिक्रिया