सदन कसको हो ? :तोषिमा कार्की


काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद तोषिमा कार्कीले सदन कसको हो भन्दै प्रश्न गर्नुभएको छ ।
सोमबार सामाजिक सञ्जाल मार्फत लेख्दैँ सदन चल्छ भनि बोलाउने । अनि फेरी बन्द गर्ने। एक दिन हैन, दुई दिन हैन । पटक पटक यस्तै गर्ने भन्दैँ उहाँले सदन कसको हो भनि प्रश्न गर्नुभएको हो ।
उहाँले लेख्नुभएको छ :
सदन चल्छ भनि बोलाउने | अनि फेरी बन्द गर्ने|
एक दिन हैन, दुई दिन हैन | पटक पटक यस्तै|
सदन कसको हो ?
जनताको होईन ?
कसको लागी हो ?
जनताको लागि होईन ??
हामी प्रतिपक्षले सरकारलाई प्रश्न सोध्ने हो |
अरे बाबा, प्रश्न सोध्नलाई सदन त चल्न दिनुपर्यो नि !
सदन बन्द गर्नु भनेको झन् सरकारलाई जे गर्दैछस् सब ठिक छ| प्रश्नै छैन | काण्डै काण्ड छन् तैँ चुप मै चुप| तँ जनता ठगिराख हामी साथ छौँ भने जस्तो भयो !! वास्तवमा प्रमुख प्रतिपक्षले जति सक्दो सदन चलाउनुपर्छ| बहस गर्नुपर्छ| सरकारलाई बिजनेस दिनुपर्छ|
तर यहाँ त,
जनताको मुद्दा उठाउने ठाउँ चल्नै नदिने ??
अनि मुद्दा काहाँ उठाउने ? छलफल कहाँ गर्ने ??
आज पनि १ बजे सुरु हुने भनिएको सदन अझै चल्ने छाँट काँट नै छैन| सरकारले सदन नै चलाउन नसक्नु कस्तो कमजोर सरकार हो !!
देशभरिको २७५ जना सांसदहरुको समय बर्बाद|
जनताको पैसो बर्बाद| काम छैन यस्तो नेतृत्व !!
सदन बन्द हुनुहुँदैन| जसरी पनि चलाउनुपर्छ|
अब को ४ वर्षमा २०८४मा यो प्रवृत्ति परिवर्तन हुनैपर्छ|