`

थारुहरुमाथि राज्यले दमन र विभेद गरेको भन्दै थारुहरु पुनः जुर्मुराउनसक्छ : तेजुलाल चौधरी

Nepal One HD ७ भदौ २०८० १५:०४
राजनीति

काठमाडौँ / प्रतिनिधि सभा सदस्य तेजुलाल चौधरी ८ वर्ष अघि टिकापुरमा थारुहरुको आफ्नो हक, अधिकार, पहिचान र भुगोलका लागि राजनीतिक आन्दोलन भएको भएपनि थारुहरु जेल जिवन बिताउनुपरेको उल्लेख गर्दै उनीहरुलाई जेलमुक्त गर्न माग गर्नुभयो ।

बिहीवार प्रतिनिधि सभा बैठकमा बाल्दै चौधरीले थारुहरुमाथि राज्यले दमन र विभेद गरेको भन्दै थारुहरु पुनः जुर्मुराउनसक्ने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘आज भाद्र ७ गते टिकापुर घटनाको ८ वर्ष भयो । अहिले धेरै थारुहरु जेल जीवन बिताइराखेको छ । केही थारुहरु देश बाहिर र देशमा लुकिछिपि बसिराखेको हुनाले उहाँहरुलाई छोड्दिन मैले जोडदार माग गर्न चाहन्छु । थारु आन्दोलन विशुद्ध राजनीतिक आन्दोलन हो ।

आफ्नो हक, अधिकार, पहिचान र भुगोलका लागि आन्दोलन भएको थियो । त्यसैकारणले थारुहरुलाई राज्यबाट दमन र विभेद भएको छ । यसको अन्तिम विकल्पको रुपमा थारुहरु फेरि जुर्मुराउन सक्छ । त्यसकारण म आग्रह गर्न चाहन्छु छिटोभन्दा छिटो थारुहरुलाई जेलमुक्त गरिदिनु ।’


प्रतिक्रिया