`

बालसुधार गृहमा कमल बस्नेतको निधन भएको घटनाको सत्यतथ्य बाहिर ल्याइ घटनामा संलग्नलाई कारबाही गर्न थापाको माग

Nepal One HD ७ भदौ २०८० १५:१६
राजनीति

काठमाडौँ / प्रतिनिधि सभा सदस्य दुर्लभ थापा क्षेत्रीले भक्तपुरमा बालसुधार गृहमा कमल बस्नेतको निधन भएको घटनाको सत्यतथ्य बाहिर ल्याइ घटनामा संलग्नलाई कारबाही गर्न माग गर्नुभएको छ ।

बिहीवार प्रतिनिधि सभा बैठकमा बाल्दै थापाँले मृतकका परिवारलाई क्षतिपूर्ति दिन पनि माग गर्नुभएको हो ।

उहाँले भन्नुभयो – ‘भक्तपुरमा सञ्चालित न्युनतम बालबालिकाका लागि सञ्चालित संस्था युसेफमा भदौ ३ गते कमल बस्नेतको मृत्युको घटनालाई लिएर युसेफमा तोडफोड भएको छ । घटनाको सत्यतथ्य बाहिर ल्याइ सम्बन्धित निकायमार्फत उक्त घटनामा संलग्नलाई कारबाही र मृत्यु भएको बालकको क्षतिपूर्तिको लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछु ।’


प्रतिक्रिया