`

एमाले बागमती प्रदेश अधिवेशन: अध्यक्षमा ५ जनाको उम्मेदवारी

Nepal One HD १० असोज २०८० १९:०४
प्रमुख खबर

काठमाडौ– नेकपा एमालेको बागमती प्रदेश कमिटीको अध्यक्षमा ५ जनाबीच प्रतिष्पर्धा हुने भएको छ । अध्यक्षमा पाँचजनाले उम्मेदवारी दर्ता गरेका छन् । रामेछापका कैलाश ढुंगेल, मकवानपुरका कृष्णप्रसाद दाहाल, केशरबहादुर बुढाथोकी, सानुुकुमार श्रेष्ठ र केशव राज पाण्डे अध्यक्षको प्रतिष्पर्धामा उत्रिएका छन् ।

ढुंगेलको प्रस्तावकमा आनन्दकुमार श्रेष्ठ र समर्थकमा वचन देउजा रहेका छन् । ढुंगेलका प्रस्ताव श्रेष्ठ रामेछाप जिल्ला अध्यक्ष र देउजा भक्तपुर जिल्ला अध्यक्ष हुन् । त्यसैगरी दाहालको प्रस्तावकमा हिदम लामा र समर्थकमा देवकृष्ण विकल रहेका छन् । दाहालका प्रस्तावक लामा भीमफेदी गाउँपालिका अध्यक्ष हुन् ।

उपाध्यक्षमा पनि ५ जनाको उम्मेदवारी परेको छ । सुवासचन्द्र ठकुरी, नारायणप्रसाद खतिवडा, दावादार्जे लामा, ईश्वरचन्द्र पोखरेल, र राजेन्द्र राजथलाले उपाध्यक्षमा उम्मेदवारी दिएका छन् । सचिवमा रत्न गुरुङ, नवराज सिलवाल, हस्त पण्डित र राकुमार अधिकारीले उम्मेदवारी परेको छ ।

उपसचिवमा भने खड्गबहादुर खत्री, गंगादेवी श्रेष्ठ, डबल पाण्डे, टासी लामा, भक्तकुमारी लामा, ओमराज पन्त, ठाकुरप्रसाद गजुरेल, कृष्णहरी थापा र रमेश महर्जन प्रतिष्पर्धामा छन् ।


प्रतिक्रिया