`

‘नागरिकको काम गर्न कसैको निर्देशन नकुर्नु’

Nepal One HD १७ कार्तिक २०८० २०:०२
राजनीति

काठमाडौँ, १७ कात्तिक : भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रन्जिता श्रेष्ठ चौधरीले नागरिकको काम गर्न कसैको निर्देशन कुर्नु नपर्ने बताउनुभएको छ ।

गुठी संस्थानको ६०औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा उहाँले माथिको आदेश भन्दै कतिपय काममा अनियमितता गर्ने तथा नियम मिचेर काम गर्ने गरेको सुन्ने गरेको उल्लेख गर्दै त्यसो नगर्न निर्देशन दिनुभयो ।

“कानुनले दिएको अधिकार प्रयोग गरेर आम नागरिकको समस्या समाधान गर्न कसैको आदेश कुर्नु पर्दैन्”, मन्त्री चौधरीले भन्नुभयो, “यदी कसैले कसैको आदेशमा या गलत नियत राखेर जनताको काममा ढिलासुस्ती गर्छ वा माथिल्लो निकायको आदेश भन्दै कानुन विपरीत काम गर्छ भने त्यो कारवाहीको भागेदार हुन्छ ।”


प्रतिक्रिया