टर्किएले काबुल विरुद्ध गतिविधि गर्न अनुमति दिँदैन

विश्व

अफगानिस्तानका लागि टर्किएका राजदूत सेन्क अनालले अफगान राजनीतिक मामिलाका लागि अफगान उपप्रधानमन्त्री मौलावी अब्दुल कबीरसँगको भेटमा अङ्काराले अफगान सरकारविरुद्ध राजनीतिक र सैन्य गतिविधिलाई अनुमति नदिने बताउनु भएको छ ।
अफगानिस्तानको टोलोन्युजले अफगान सरकारको विज्ञप्तिलाई उद्धृत गर्दै यस्तो जानकारी दिएको हो ।भेटका क्रममा उहाँहरू बीच कृषि, विद्युत, खानीलगायतका क्षेत्रमा द्विपक्षीय सम्बन्धलाई सुदृढ बनाउने विषयमा पनि छलफल भएको सञ्चारमाध्यमले जनाएका छन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया