`

चिलीमा डढेलोका कारण कम्तिमा ५१ जनाको मृत्यु

Nepal One HD २१ माघ २०८० ११:४८
विश्व

चिलीको मध्य भाल्पाराइसो क्षेत्रको जङ्गलमा लागेको डढेलोका कारण मृत्यु हुनेको संख्या ५१ पुगेको छ । चिलीका अधिकारीहरूले मृत्यु हुनेको सङ्ख्या ५१ पुगेको जानकारी दिएका हुन् । आगलागीबाट एक हजार भन्दा बढी घर जलेर नष्ट भएका छन् ।

आगो नियन्त्रणमा नआउँदा प्रभावित क्षेत्रमा उद्धार टोली पुग्न समस्या भएको छ । डढेलो भिना डेल मार र भाल्पाराइसो पर्यटकीय क्षेत्रमा लागेको छ । चिलीको राष्ट्रिय वन प्राधिकरण कोनाफका अनुसार भाल्पाराइसोमा मात्रै करिब ४८० हेक्टर जमिन डढेलोले जलाइसकेको छ ।

एल निनो मौसमी घटनाका कारण दक्षिण अमेरिकाको दक्षिणी भागलाई प्रभावित गर्ने ग्रीष्मकालीन गर्मी र खडेरीका कारण डढेलो लागेको हो । वैज्ञानिकहरूले तीव्र गर्मी र डढेलोजस्ता प्राकृतिक प्रकोपहरूको जोखिम बढेको भन्दै सावधानीका लागि जानकारी गराएका छन् । चिली र कोलम्बियाले बढ्दो तापक्रमसँग जुधिरहँदा आगामी दिनमा अर्जेन्टिना, पाराग्वे र ब्राजिलमा पनि गर्मी बढ्ने बताएका छन् ।


प्रतिक्रिया