`

दक्षिण भारतमा ‘मङ्की फिवर’ का कारण २ जनाको मृत्यु

Nepal One HD २३ माघ २०८० १५:१४
विश्व

भारतको दक्षिणी राज्य कर्नाटकमा ‘मङ्की फिवर’ का कारण यस वर्ष अहिलेसम्म कम्तीमा दुई जनाको मृत्यु भएको छ मृत्यु हुनेमा १८ वर्षीया युवती र ७९ वर्षीय पुरुष रहेका छन् । हाल राज्यमा जम्मा ४९ जनामा सो सङ्क्रमण देखिएको हिन्दुस्तान टाइम्सले जनाएको छ।

यो एक प्रकारको भाइरल हेमोरेजिक रोग हो जुन सन् १९५७ मा भारतको पश्चिमी घाटको क्यासनुर जङ्गलमा पहिलो पटक पहिचान भएको थियो।


प्रतिक्रिया