`

सरकारको सुशासनको अभियानलाई सवै मिलेर सफल बनाउनुपर्छ : सांसद शर्मा

Nepal One HD २४ माघ २०८० १३:४२
राजनीति

काठमाडौँ / नेकपा माओवादी केन्द्रका सांसद जर्नादन शर्माले सरकारको सुशासनको अभियानलाई सवै मिलेर सफल बनाउनुपर्ने बताएका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै शर्माले सरकारको सुशासनको अभियानलाई कसैले पनि राजनीतिक रंग दिन नहुने भन्दै अभियानलाई सफल पार्न सवै मिल्नुपर्ने बताएका हुन् ।

उनले सामाजिक सुरक्षाको बिषयमा सरकारले धेरै राम्रा कामहरु अघि बढाइएको धारणा राखेका छन् । सहकारीको रकम हिनामिना गर्नेहरुलाई कारवाही गर्ने प्रक्रिया चलिरहेको भन्दै यससम्बन्धी अन्य गुनासोलाई सम्बोधन गर्नुपर्ने उनले बताए । शर्माले जनताप्रति इमान्दार भएर काम गरे संविधानको सफल कार्यान्वयन गर्न सकिने र जनतामा रहेको निराशालाई आशामा बदल्न सकिने बताए । संघीयता कार्यान्वयन गर्न संविधान अनुसार आवश्यक कानून निर्माण गर्नुपर्ने उनले बताए ।

शर्माले जाजरकोटको भूकम्पपछि पुननिर्माणको काम अघि बढाउनका लागि सरकारले संकटक्षेत्र घोषणा गरेर बजेट लगाएको व्यवस्था गर्नुपर्ने धारणा पनि राखेका छन् ।


प्रतिक्रिया