`

राष्ट्रियसभाको अध्यक्षको चयनमा विवाद हुदैँन : अध्यक्ष नेपाल

Nepal One HD २४ माघ २०८० १७:२८
राजनीति

काठमाडौँ / नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले राष्ट्रियसभाको अध्यक्षको चयनमा विवाद नहुने बताएका छन् । बुधबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै अध्यक्ष नेपालले राष्ट्रियसभाको अध्यक्षको चयनमा गठबन्धनबीच सहमति हुने विश्वास व्यक्त गरेका हुन् ।

उनले उक्त पदमा दलहरुको दावी रहनु स्वभाविक रहेको भन्दै औपचारिक रुपमा त्यस बिषयमा कुनै छलफल नभएको जिकिर गरेका छन् । त्यस्तै अध्यक्ष नेपालले अहिले प्रधानमन्त्रीलाई काम गर्न दिनुपर्ने भन्दै प्रधानमन्त्री परिवर्तनको कुरा गर्ने बेला नभएको जिकिर पनि गरे । उनले प्रधानमन्त्रीलाई आवश्यक परे मन्त्रिमण्डल हेरफेर गर्न सक्ने बताए ।

त्यस्तै नेकपा माओवादी केन्द्रका नेता बर्षमान पुनले अहिलेको अवस्थामा राष्ट्रियसभाको अध्यक्षमा माओवादीको दावी रहेको बताए । राष्ट्रियसभामा माओवादी पहिलो दल भएकाले शक्तिसन्तुलनका आधारमा अध्यक्ष चयन गर्नुपर्ने बताए । उनले यस बिषयमा अन्य दलहरुसंग छलफल गररै अघि बढ्ने बताए ।

त्यस्तै कांग्रेस नेता रामहरि खतिवडाले राष्ट्रियसभाको अध्यक्षमा कांग्रेसको दावी रहेको र कृष्ण सिटौला नै अध्यक्ष बन्ने दावी गरेका छन् ।

उनले छिटै गठबन्धनको बैठक बसेर यस बिषयमा औपचारिक निर्णय हुने जानकारी दिए ।


प्रतिक्रिया