`

पाकिस्तानमा भएको विष्फोटमा कम्तिमा २२ जनाको मृत्यु

Nepal One HD २४ माघ २०८० १७:५७
विश्व

बीबीसी । पाकिस्तानको बलोचिस्तान प्रान्तमा दुईटा बम विस्फोटन हुँदा कम्तीमा २२ जनाको मृत्यु भएको छ । पाकिस्तानमा बिहीवार निर्वाचन हुन लागेको छ । निर्वाचनको पूर्वसन्ध्यामा विष्फोटको घटना भएको हो ।

पहिलो विस्फोटन पिशिन जिल्लामा एक स्वतन्त्र उम्मेदवारको कार्यालयअगाडि भएको थियो। त्यसमा परी १४ जनाको मृत्यु भयो । दोस्रो विस्फोटन त्यहाँबाट १५० किलोमिटर टाढा अवस्थित किल्ला सैफ उल्लाह जिल्लामा भएको बताइएको छ।त्यसमा परी आठ जनाको मृत्यु भयो। दुवै घटनामा कैयौँ मानिसहरू घाइते भएका छन् । पाकिस्तानमा निर्वाचनको पूर्वसन्ध्यामा हिंसात्मक घटनाहरू भएका छन् भने धाँधली गरिएको वा हुन लागेको आरोप पनि लगाइएको छ । पिशिनमा भएको आक्रमणको अहिलेसम्म कुनै समूहले जिम्मेवारी लिइसकेको छैन। पिशिन प्रान्तीय राजधानी क्वेटाबाट ५० किलोमिटर टाढा र अफगान सीमाबाट १०० किलोमिटर दक्षिणपूर्वमा छ ।त्यहाँ २५ जना घाइते भएको अधिकारीहरूले बताएका छन् । दोस्रो विस्फोटनबारे विस्तृत विवरण आउन बाँकी छ। एक वरिष्ठ प्रहरी अधिकारीले एएफपी समाचारसंस्थालाई दिएको जानकारीअनुसार जिल्लाहको मुख्य बजारमा विस्फोटन भएको थियो।त्यसको निसानामा जेयूआई–एफ पार्टीको चुनावी अभियान सञ्चालन गर्ने कार्यालय थियो । निर्वाचनको मुखमा गत साता बलोचिस्तान र खैबर पख्तूनख्वा प्रान्तमा थुप्रै हिंसात्मक घटना भएका छन्। यद्यपि बलोचिस्तान सरकारले मतदान योजनाअनुसार नै अघि बढ्ने बताएको छ।


प्रतिक्रिया