बारामा ग्याँस सिलिन्डर विस्फोट हुँदा एक जनाको मृत्यु

समाचार

बारा । बाराको निजगढस्थित सहिद चोकमा सोमबार ग्याँस सिलिन्डर बिस्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । वीरगन्जको बयोधा अस्पतालमा उपचारको क्रममा रोहित वर्कशपमा लेथ ग्यास वेल्डिङ गर्दै गर्दा वर्कशपका सञ्चालक निजगढ नगरपालिका–५ का ४५ वर्षीय रेशम पुलामी मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक दधिराम न्यौपानेले बताए ।
उनका अनसार दुई जना भारतीय नागरिकसहित पाँच जना घाइते भएका हुन् । घाइते मध्ये २ जनाको अवस्था गम्भीर छ । चार जनाको बयोधा र एक जनाको निजगढ सामुदायिक प्रसुति गृह अस्पतालमा उपचार भइरहेको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट