`

सर्वोच्च अदालत परिसरबाट हतियारसहित एक पक्राउ

Nepal One HD ५ चैत २०८० १५:४१
अपराध

काठमाडौ । सर्वोच्च अदालत परिसरमा हतियारसहित प्रवेश गरेका एक व्यक्ति पक्राउ परेका छन् । सोमबार दिउँसो सर्वोच्च अदालतभित्र हतियार लिएर प्रवेश गरेका झापाको बुद्धशान्ति गाउँपालिका–३ का दीपक खड्का पक्राउ परेका हुन् ।

खड्का दुर्गा प्रसाईंको सुरक्षा गार्डका रुपमा काम गर्दै आएका व्यक्ति रहेको प्रहरीले जनाएको छ । प्रहरीले उनको साथबाट एउटा बन्दुक पनि बरामद गरेको छ । सर्वोच्च अदालतमा दुर्गा प्रसाईंसँग सम्बन्धित मुद्दामा सुनुवाइ भइरहेको थियो ।
“अत्याधुनिक हतियार लिएर अदालत प्रवेश गर्ने क्रममा त्यहाँ सुरक्षार्थ खटिएका प्रहरीले नियन्त्रणमा लिएर आफुहरुलाई बुझाएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए । उक्त विषयमा अनुसन्धान भइरहेको छ ।


प्रतिक्रिया