`

कोशीटप्पुमा भाले गैँडा छाडियो

Nepal One HD ११ चैत २०८० ७:१४
समाज

राजविराज (सप्तरी) – चितवन राष्ट्रिय निकुञ्जबाट ल्याइएको भाले गैँडालाई शनिवार कोशीटप्पु वन्यजन्तु आरक्षमा छाडिएको छ ।

सप्तरीको कञ्चनरूप नगरपालिका–५ स्थित कोशीटप्पु वन्यजन्तु आरक्ष पथरी सेक्टरमा वन तथा वातावरणमन्त्री नवलकिशोर साहको उपस्थितिमा चितवनबाट ल्याइएको मेघौली नामको भाले गैँडा छाडिएको हो ।

यहाँ यसअघि दुईवटा पोथी गैँडा छाडिएको थियोे । गत असोज १० गते चितवनबाटै पुष्पा र अञ्जली नामका दुई पोथी गैँडा ल्याएको थियो ।


प्रतिक्रिया