`

प्रधानमन्त्री समक्ष कार्यविस्तृतीकरण परिमार्जन प्रतिवेदन पेस

Nepal One HD ३ वैशाख २०८१ १८:२८
प्रमुख खबर

काठमाडाँै, ३ वैशाख : प्रधानमन्त्री तथा राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष कार्यविस्तृतीकरण परिमार्जन प्रतिवेदन पेस भएको छ ।

सङ्घीयता कार्यान्वयनमा देखिएका दोहोरोपना र अस्पष्टता हटाउन तथा तीन तहको अधिकारमा स्पष्टता ल्याउन विद्यमान कार्यविस्तृतीकरण परिमार्जनका लागि गठित कार्यविस्तृतीकरण परिमार्जन सिफारिस समितिका संयोजक एवम् प्रधानमन्त्री कार्यालयका सचिव अर्जुनप्रसाद पोखरेलले प्रधानमन्त्रीलाई सो प्रतिवेदन पेस गर्नुभयो ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजित उक्त कार्यक्रममा मुख्यसचिव डा वैकुण्ठ अर्याल, कार्यविस्तृतीकरण परिमार्जन सिफारिस समितिका संयोजक तथा सदस्यका साथै विषयगत समितिका पदाधिकारीको उपस्थिति रहेको थियो ।

प्रतिवेदन ग्रहणपश्चात् प्रधानमन्त्री दाहालले प्रतिवेदनमाथि यथाशीघ्र उच्चस्तरीय समितिमा थप छलफल गरी राष्ट्रिय समन्वय परिषद्बाट निष्कर्षमा पु¥याउन निर्देशन दिनुभएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।


प्रतिक्रिया