तोलामा रु. एक हजार सात सयले बढ्यो सुनको मूल्य
अर्थ समाचार
काठमाडौँ – स्थानीय बजारमा पहेँलो धातु (सुन) को मूल्य आज प्रतितोला रु. एक हजार सात सयले उकालो लागेर कीर्तिमान कायम गरेको छ । लगातार उकालो लागेको सुनको मूल्य आजको वृद्धिपछि हालसम्मकै उच्च विन्दुमा पुगेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुन सोमबारको तुलनामा रु. एक हजार सातले उकालो लागेर रु. एक लाख ३९ हजार दुई सय निर्धारण भएको छ । तेजाबी सुन आज प्रतितोला रु. एक लाख ३८ हजार पाँच सय ५० निर्धारण भएको छ ।
त्यस्तै, चाँदीको मूल्य प्रतितोला रु. एक हजार सात सय ५० निर्धारण भएको महासङ्घले जनाएको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
