`

इलाम–२ मतगणना, नेम्वाङको अग्रता कायमै

Nepal One HD १७ वैशाख २०८१ १५:४४
प्रमुख खबर

इलाम । इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचन मतगणनामा एमालेका उम्मेदार सुहाङ नेम्वाङले आफ्नो अग्रतालाई कायमै राखेका छन् । ३५ हजार ६ सय मत गनिसक्दा उनले १४ हजार ६ सय १३ मत ल्याएर अग्रसथानमा रहेका छन् । उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका उम्मेदार डम्मर बहादुर खड्काले ९ हजार ३ सय ११ मत पाएका छन् ।

यता, तेस्रो स्थानमा पहिचानवादी नेता स्वतन्त्र उम्मेदार डकेन्द्रसिंह लिम्बुले ८ हजार ५ सय ७० मत पाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका उम्मेदार मिलन लिम्बु भने चौथो स्थानमा छन् । उनले अहिलेसम्म २ हजार ५७ मत मात्रै पाएका छन् ।


प्रतिक्रिया