`

दाङमा हुरीसहितको वर्षाले घर भत्किँदा एकजनाको मृत्यु

Nepal One HD १९ जेठ २०८१ २२:३२
समाज

तुलसीपुर (दाङ) । दाङमा हुरीसहितको वर्षाले घर भत्किँदा एकजनाको मृत्यु भएको छ । शनिबार साँझ ८ बजेतिर हुरीले घर भत्किँदा तुलसीपर उपमहानगरपालिका–१२ रझेनीमा ७० वर्षीय भगवान् खत्रीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक ठाकुरप्रसाद पोखरेलले जानकारी दिए ।

टिनले छाएको एककोठे घरमा घत्रीसँगै रहेकी उनकी श्रीमतिले भने भागेर ज्यान जोगाएकी छन् ।


प्रतिक्रिया