संघीय संसद् भवनभित्र प्रहरी जवानले आफैँलाई गोली हानेर गरे आत्महत्या

प्रमुख खबर

काठमाडौं । नेपाल प्रहरीका एक जवानले संघीय संसद भवनमा आफैंमाथि गोली प्रहार गरेका छन् । बुधबार बिहान ड्यूटीमा रहेका प्रहरी जवान अजित गोलेले आफूलाई गोली हानेका हुन् । गोली लागेर उनको मृत्यु भएको छ ।
उनले शौचालय छिरेर गोली हानेका बताइएको छ । संसद सचिवालयका प्रवक्ता एकराम गिरीले उनले गोली हानेर आत्महत्या गरेको जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट