`

एमालेले सरकारलाई दिएको समर्थन फिर्ताको जानकारी संसद सचिवालयलाई गरायो

Nepal One HD २१ असार २०८१ १३:५१
प्रमुख खबर

काठमाडौं । नेकपा एमालेले सङ्घीय संसद् सचिवालयलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी गराएको छ ।

एमाले प्रमुख सचेतक महेशकुमार बर्तौलाले शुक्रबार सचिवालयका महासचिवलाई पत्रमार्फत समर्थन फिर्ता लिएको जानकारी गराएका हुन् ।

पत्रमा भनिएको छ, ‘प्रधानमन्त्री दाहालको नेतृत्वमा गठित वर्तमान सरकारलाई एमालेका तर्फबाट मत दिई सरकारमा सहभागी भएकोमा राष्ट्रिय सहमतिको सरकार गठन गरी राजनीतिक स्थायित्व प्रदान गर्ने उद्देश्यले नयाँ सरकार गठनको पहल गरिएको परिप्रेक्ष्यमा वर्तमान सरकारलाई दिँदै आएको समर्थन मिति २०८१ असार १९ गते फिर्ता गरिएको छ ।’

यस विषयमा प्रधानमन्त्रीलाई समेत जानकारी गराइ सकिएकाले एमाले संसदमा प्रतिपक्षमा रहने व्यहोरा पत्रमा उल्लेख गरिएको छ ।


प्रतिक्रिया