`

प्राधिकरण सञ्चालक समितिका सदस्य आचार्य र पुनलाई नहटाउन सर्वोच्चको अन्तरिम आदेश

Nepal One HD २४ साउन २०८१ १८:५५
प्रमुख खबर

काठमाडौं । सर्वोच्च अदालतले नेपाल विद्युत प्राधिकरणका सञ्चालक समितिका दुई सदस्यलाई नहटाउन अन्तरिम आदेश दिएको छ ।

बिहीबार सर्वोच्चका न्यायाधीश सुनीलकुमार पोखरेलको एकल इजलासले प्राधिकरणका सञ्चालक कपिल आचार्य र भक्तबहादुर पुनलाई हटाउने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।

साउन १८ गते ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले आचार्य र पुनलाई पदबाट हटाएर सञ्चालक समितिमा देवेन्द्र कार्की र महेन्द्रबहादुर गुरूङ नियुक्त गरेका थिए ।

आचार्य र पुनले ट्रंक तथा डेडिकेटेड लाइनको बक्यौता असुल गर्नुपर्ने कुरा उठाएका कारण सरकारले पदबाट हटाएको भन्दै पुनर्बहालीको माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए।


प्रतिक्रिया