सिमलताल नजिकै बस र ट्रक आपसमा ठोक्किएर दुर्घटना

प्रमुख खबर

काठमाडौं । चितवनको सिमलताल नजिकै बस र ट्रक आपसमा ठोक्किएका छन् । आइतबार बिहान मुग्लिन–नारायणगढ सडकखण्डको सिमलताल नजिकै बस र ट्रक ठोक्किएर दुर्घटना भएको हो ।
नारायणगढतर्फ गइरहेको एआर ०१–३६७४ नम्बरको भारतीय नम्बरको बस र मुग्लिनबाट जाँदै गरेको ग २ ख ११०८ नम्बरको ट्रक ठोक्किएका हुन् ।
दुर्घटनामा परी बसमा सवार तीन जना यात्रु घाइते भएका छन् । त्यस्तै ट्रक चालकलाई पनि चोट लागेको छ । घाइतेहरूलाई उपचारका लागि नजिकैको अस्पताल लगिएको प्रहरीले जानकारी दिएको छ ।
तस्बिर: नर्बु गुरुङ्ग



प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट