‘हेर्ने कथा’मार्फत परिवार भेटेका प्रकाश मोक्तानले पाए नागरिकता

प्रमुख खबर

काठमाडौं । ‘हेर्ने कथा’मार्फत परिवार भेटेका प्रकाश मोक्तानले नागरिकता पाएका छन् । उनलाई भोजपुरको षडानन्द नगरपालिकाको टोलीले आइतबार घरमै पुगेर नागरिकता प्रदान गरेको हो । षडानन्द नगरपालिका मेयर सुरेन्द्र उदासले मोक्तानलाई नागरिकता हस्तान्तरण गरे ।
प्रकाशलाई नागरिकता दिलाउन प्रधानमन्त्री केपी शर्मा ओलीले नै पहल गरेका थिए । वर्षाैंपहिले करिब १० वर्षको उमेरमा झापाबाट कामको खोजीमा काठमाडौं आएका प्रकाश हराएका थिए ।
उनी गोरखाको एक गाउँस्थित साहुको घरमा काम गर्दै आएका थिए । हेर्ने कथा कार्यक्रममार्फत परिवारसँग उनको पुनर्मिलन भएको हो । अहिले उनी साहुको घरबाट बिदावारी भइसकेका छन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट