`

प्रिमियर लिगमा लिभरपुलद्वारा म्यानचेस्टर युनाइटेड पराजित

Nepal One HD १७ भदौ २०८१ ८:०६
खेलकुद

काठमाडौं । इङ्लिस प्रिमियर लिगमा लिभरपुलले म्यानचेस्टर युनाइटेडविरुद्ध फराकिलो जित निकालेको छ । गएराति भएको खेलमा लिभरपुलले म्याचेस्टर युनाइटेडलाई ३–० ले पराजित गरेको हो ।

लिभरपुलका लागि लुइस डाइजले ३५औँ र ४२औँ मिनेटमा गोल गरे । त्यस्तै मोहम्मद सालाहले ५६औँ मिनेटमा गोल गर्दै म्यानचेस्टर युनाइटेडविरुद्ध ३–० को जित सुनिश्चित गरे ।

लिगअन्तर्गत नै न्युकासलले टोटनहामलाई २–१ गोलले पराजित गर्यो । न्युकासलको जितमा हार्भी बार्नेसले ३७औँ र एलेक्जेन्डर इसाकले ७८औँ मिनेटमा गोल गरे ।

टोटनहामले ५६औँ मिनेटमा आत्मघाती गोल उपहार पाए पनि हार टार्न भने सकेन । त्यस्तै लिगअन्तर्गतकै अर्को खेलमा चेल्सी र क्रिस्टल प्यालेस बराबरीमा रोकिएका छन् । निर्धारित समयमा दुवै टोलीले १–१ गोल गरेपछि खेल बराबरीमा सकिएको हो ।


प्रतिक्रिया