`

कोसी ब्यारेजबाट खस्यो बस

Nepal One HD १० असोज २०८१ १९:०८
समाचार

विराटनगर । कोसी ब्यारेजको पुलबाट यात्रु बस खसेको छ । बिहीबार साँझ को १ ख ४६०१ नम्बरको यात्रु बस ब्यारेजबाट नदीमा खसेको हो ।

प्रहरी निरीक्षक वीरेन्द्रसिंह थापाका अनुसार, विराटनगरबाट सप्तरी जाँदै गरेको बस कोसीमा खसेको हो । नदीबाट ११ जनाको उद्धार गरिएको छ । उनीहरूको स्थानीय स्वास्थ्यसंस्थामा उपचार भइरहेको छ । बसमा सवार यात्रुको संख्या यकिन हुन बाँकी छ ।


प्रतिक्रिया