`

कम्बोडियामा ‘अनौपचारिक अर्थतन्त्र’का लागि डिजिटल प्लेटफर्म सुरु

Nepal One HD २ पुष २०८१ ८:०८
विश्व

कम्बोडियन सरकारले सोमबार औपचारिक रूपमा ‘अनौपचारिक अर्थतन्त्र’का लागि डिजिटल प्लेटफर्म सुरु गरेको छ । अनौपचारिक अर्थतन्त्र भन्नाले सरकारद्वारा नियमन नगरिएका आर्थिक गतिविधिहरूलाई जनाउँछ ।

प्रधानमन्त्री हुन मानेटले पोर्टलले अनौपचारिक अर्थतन्त्र विकास सन् २०२३–२०२८ को राष्ट्रिय रणनीति कार्यान्वयनमा महत्वपूर्ण कोसेढुङ्गा भएको बताउनुभयो ।उहाँले अनौपचारिक अर्थतन्त्रलाई मान्यता र समर्थन प्रदान गर्न प्लेटफर्मको महत्त्वमा जोड दिनुभयो ।

मनेटले थप्नुभयो,“ यस कदमले अनौपचारिक अर्थतन्त्रलाई समर्थन गर्ने, अवसर सिर्जना गर्ने र जीवन स्तर तथा समग्र कल्याणको लक्ष्यलाई समर्थन गर्ने सरकारको प्रतिबद्धता देखाएको छ ।”साथै, यसले सीप विकास, सामाजिक सुरक्षा र औपचारिक वित्तीय सेवाहरू जस्ता फाइदाहरू पहुँच गर्न ढोका खोल्नेछ ।

उद्योग मन्त्री हेम भेन्डीले यस प्लेटफर्मले अनौपचारिक अर्थतन्त्रको बारेमा डाटाको अभावको लामो समयदेखिको समस्याको समाधान प्रदान गर्ने बताउनुभयो ।

कम्बोडियामा करिब ७९ लाख मानिस श्रमशक्तिमा छन्, जसमध्ये १७ लाख औपचारिक क्षेत्रमा र ६२ लाख अनौपचारिक क्षेत्रमा कार्यरत रहेका एक सर्वेक्षणले जनाएको छ ।


प्रतिक्रिया