`

भीम रावलले पत्रकार सम्मेलन गर्दै

Nepal One HD १७ पुष २०८१ ९:०३
प्रमुख खबर

काठमाडौँ । नेकपा एमालेबाट निस्कासनमा परेका डा. भीम रावलले आज पत्रकार सम्मेलन गर्दैछन् । पार्टीबाट निष्कासनमा परेपछि उनले आफ्ना भावी योजनाबारे जानकारी दिन पत्रकार सम्मेलनको आयोजना गर्न लागेका हुन् ।

कम्युनिस्ट र उदारवादी विचारधारा समेट्ने गरी नयाँ पार्टी गठन गर्ने तयारीमा रहेका रावलले आज दिउँसो एक बजे पत्रकार सम्मेलन गर्न लागेका हुन् । आजको पत्रकार सम्मेलनपछि मेची–महाकाली अभियान चलाउने उनको योजना रहेको बताइएको छ ।


प्रतिक्रिया