`

गौशालास्थित एक होटलमा युवती मृत फेला

Nepal One HD १८ पुष २०८१ १२:४४
अपराध

काठमाडौं । काठमाडौंको गौशालास्थित एक होटलमा युवती मृत फेला परेकी छन् । गौशालास्थित बागमती होटलको एक कोठामा एक युवती मृत फेला परेकी जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । युवतीले होटलको कोठा नखोलेपछि प्रहरीलाई बोलाइएको थियो ।

मृतक कागेश्वरी मनोहरा नगरपालिका घर भएकी अन्दाजी २३ वर्षीया युवती हुन् । उनको पहिचान प्रहरीले खुलाएको छैन । प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ ।


प्रतिक्रिया