`

बूढानीलकण्ठमा प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारीबीच दुई घण्टा वार्ता

Nepal One HD १८ पुष २०८१ १९:५९
प्रमुख खबर

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री ओली पूर्वराष्ट्रपति भण्डारीलाई भेट्न बिहीबार उनको निवास बूढानीलकण्ठ पुगेका थिए ।

करिब दुई घण्टा भएको भेटमा नेकपा (एमाले)को पछिल्लो राजनीतिक गतिविधि र समसामयिक विषयमा छलफल भएको पूर्वराष्ट्रपति भण्डारीका स्वकीय सचिव मीना भण्डारीले जानकारी दिइन् ।


प्रतिक्रिया