`

सात वर्ष कैदको माग गर्दै लेखा समिति सभापतिका पूर्वस्वकीय सचिवविरुद्ध मुद्दा दर्ता

Nepal One HD ९ माघ २०८१ १९:१५
अपराध

विराटनगर । ठगी आरोपमा पक्राउ परेका सार्वजनिक लेखा समितिका पूर्वस्वकीय सचिव अनिलकुमार पोखरेलविरुद्ध मुद्दा दर्ता भएको छ ।

बुधबार जिल्ला सरकारी वकिलको कार्यालयले ठगी मुद्दामा जिल्ला अदालत मोरङमा पोखरेलविरुद्ध मुद्दा दर्ता गरेको हो ।

पोखरेललाई सरकारी वकिलको कार्यालयले मुलुकी अपराध संहिता २०७४ को दफा २४९ को उपदफा (१) द्वारा निषेधित ऐनको उपदफा (२) बमोजिमको कसुर अपराध गरेको अभियोग लगाएको छ । उनलाई ७ वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिवानाको माग दाबी गरेको छ ।

ठगी मुद्दामा उनी पुस २५ पक्राउ परेका थिए । पोखरेलमाथि एमबीबीएसमा नाम निकालिदिने भन्दै सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका–५ बकधुवाका बौआलाल चौधरीसँग ३८ लाख ८० हजार रुपैयाँ लिएको आरोप छ।


प्रतिक्रिया