मङ्सिरमा देशभर ४ हजार १८१ वटा मुद्दा दर्ता, बैंकिङ कसुरका सबैभन्दा बढी

अपराध

काठमाडौं । नेपाल प्रहरीले पछिल्लो समय आपराधिक घटनामा वृद्धि भएको बताएको छ । प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार मङ्सिर महिनाको तुलनामा पुसमा आपराधिक घटनामा मुद्दा दर्ता नै ३.९२ प्रतिशतले वृद्धि भएको उल्लेख छ ।
प्रहरीका अनुसार मङ्सिरमा देशभर ४ हजार १८१ वटा मुद्दा दर्ता भएका थिए भने पुसमा चार हजार ३४५ मुद्दा दर्ता भएका छन् । पुस महिनामा सबैभन्दा बढी काठमाडौंमा एक हजार ३६३ र सबैभन्दा कम कर्णाली प्रदेशमा १५१ मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट