`

ट्रम्प अमेरिकी कम्पनी माइक्रोसफ्टले टिकटक किनोस् भन्ने चाहन्छन्

Nepal One HD १५ माघ २०८१ ११:४९
विश्व

बीबीसी । अमेरिकी कम्पनी माइक्रोसफ्टले टिकटकको अमेरिकी कारोबार किन्ने भएको छ । बीबीसीकाअनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटक किन्न हुने बिडिङको होड आफूले हेर्न चाहेको उल्लेख गरेका छन् ।

अमेरिकी राष्ट्रपतिको कार्यभार सम्हालेपछि ट्रम्पले एक कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए । जसमा टिकटकलाई ७५ दिनको समय दिइएको थियो । उक्त अवधिमा टिकटक अमेरिकी कम्पनीलाई बेच्नुपर्ने उल्लेख छ । त्यसो नभए प्रतिबन्ध लाग्नेछ ।


प्रतिक्रिया