`

कांग्रेस सभापति देउवा भोलि भारत जाँदै

Nepal One HD ७ फागुन २०८१ १४:३५
प्रमुख खबर

काठमाडाैँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भारत जाने भएका छन् । उत्तरप्रदेशस्थित प्रयागराजमा भइरहेको महाकुम्भको अवसर पारेर देउवा भारत जान लागेका हुन् ।

इण्डिया फाउण्डेसनले ‘कुम्भ ग्लोबल समिट अन डेभलपमेन्ट एण्ड सस्टेइनबेलीटी’ कार्यक्रममा वक्ताको रुपमा सहभागी हुन देउवा भारत जान लागेका हुन् । उक्त कार्यक्रम प्रयागराजमा शुक्रबार र शनिबार हुने छ ।

उक्त कार्यक्रममा युपीका मुख्यमन्त्री योगी आदित्यनाथ समेत सहभागी हुँदैछन् । समिट अन्य देशबाट पनि वक्ताका रुपमा आमन्त्रण गरिएको छ ।

४५ दिन चलेर १४ फागुनमा कुम्भ मेला सकिँदैछ । यसअघि कांग्रेस महामन्त्री गगन थापा गंगामा स्नान गरेर फर्किएका थिए ।

यसबाहेक भारतमा देउवाको अन्य कार्यक्रमसमेत तय भएको स्रोतले जनाएको छ । प्रयागबाट देउवा नयाँदिल्ली जानसक्ने बताईएको छ । दिल्लीमा पुगेर देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटको प्रयास गर्ने उच्च स्रोतले जनाएको छ ।


प्रतिक्रिया