`

केपी ओली कपको फाइनल हेर्न बुफोन नेपाल आउने

Nepal One HD १६ फागुन २०८१ १२:१८
खेलकुद

काठमाडौं । फिफा विश्वकप विजेता इटालीका गोलकिपर जियानलुइजी बुफोनले आफू नेपाल आउने भएका छन् । शुक्रबार भिडियो सन्देश जारी गर्दै बुफोनले केपी ओली कप फुटबलको फाइनलका लागि नेपाल आउन लागेको जानकारी दिएका हुन् ।

उनले भनेका छन्, ‘नमस्ते सबै जनालाई म जिजी बुफोन, केपी ओली कपको फाइनलमा चिफ गेष्टका रूपमा मार्चको पहिलो हप्ता म नेपाल आउँदै छु ।’

बुफोन केपी ओली कप फुटबल प्रतियोगिताको फाइनलमा सहभागी हुन १८ फागुनमा नेपाल आइपुग्ने छन् । केपी ओली कपको फाइनल १९ फागुनमा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुँदैछ ।


प्रतिक्रिया