`

मोहम्मद हत्याका अभियुक्त गोली हानेर पक्राउ

Nepal One HD १८ फागुन २०८१ २१:१४
अपराध

काठमाडौं । काठमाडौंको गोठाटारमा लाल मोहम्मदमाथि गोली चलाउने गुड्डु पासवानलाई आइतबार प्रहरीले गोली हानेर नियन्त्रणमा लिएको छ ।

२०७९ असोजको पहिलो साता मोहम्मदको गोली हानी हत्या गरिएको थियो । त्यसबेला उनीमाथि गोली हानेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको थियो ।

पक्राउ पर्नेमा २१ वर्षीय महोरम मियाँ, १९ वर्षीय रेहान मियाँ र २१ वर्षीया सुमी स्याङताङ रहेका थिए । प्रहरीले मोहम्मदलाई गोली हान्ने व्यक्ति गुड्डु पटेल भएको भन्दै खोजी जारी राखेको थियो । आइतबार उनलाई प्रहरीले गोली हानेर नियन्त्रणमा लिएको प्रहरीले हो ।

काठमाडौंको टोखाबाट झोर जाने बाटोमा गोली चलाएर उनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले गोली चलाएर उनलाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ ।

पटेलको खुट्टामा दुई राउन्ड गोली लागेको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी रमेशकुमार बस्नेतले जानकारी दिएका छन् । उनको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।


प्रतिक्रिया