`

तीनकुने घटनाबारे न्यायिक छानबिन आयोग गठन गर्न रास्वपाको माग

Nepal One HD १६ चैत २०८१ १४:४६
प्रमुख खबर

काठमाडाैँ ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले शुक्रबारको तीनकुनेमा राजावादीहरूको प्रदर्शनबाट घटेको घटनामा उच्च न्यायिक छानबिन आयोग गठन गर्न सरकारसँग माग गरेको छ ।

शनिबार बसेको केन्द्रीय सचिवालय (भर्चुअल) बैठकले काठमाडौँको तिनकुने, कोटेश्वर र जडीबुटी क्षेत्रमा घटेको घटनामा संलग्न दोषीहरूलाई कानूनी दायराभित्र ल्याई यथोचित कारबाही सुनिश्चित गर्न उच्च न्यायिक छानबिन आयोग गठन गर्न सरकारसँग माग गर्ने निर्णय गरेको प्रवक्ता मनिष झाले बताएका छन् ।

यस्तै, बैठकले पार्टीको केन्द्रीय समिति बैठक चैत्र १८ गते पार्टीको केन्द्रीय कार्यालय बनस्थलीमा बस्ने निर्णय पनि गरेको छ।


प्रतिक्रिया