`

अमेरिकामा राष्ट्रपति ट्रम्पविरुद्ध प्रदर्शन

Nepal One HD ७ वैशाख २०८२ ११:१५
विश्व

बीबीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिकोविरुद्धमा हजारौँ नागरिकले प्रदर्शन गरेका छन् । ट्रम्पको भन्सार शुल्क वृद्धि सम्बन्धी नीति र सरकारी जागिरबाट गरिएको कटौतीको विरोध उनीहरुले ५० वटै राज्यमा प्रदर्शन गरेका हुन् ।

प्रदर्शनकारीहरूले राष्ट्रपति निवास ह्वाइट हाउसलाई समेत घेरेका थिए । उनीहरूले ट्रम्पमाथि नागरिक अधिकार र कानुनी शासनमाथि हमला गरेको आरोप लगाएका छन् ।

यस आन्दोलनलाई ‘५०५०१’ नाम दिइएको छ, जसको अर्थ होः ५० विरोध प्रदर्शन, ५० राज्य, १ आन्दोलन । यसअघि ५ अप्रिलमा पनि ट्रम्पविरोधी प्रदर्शन भएको थियो ।

प्रदर्शनकारीहरूले ट्रम्पमाथि नागरिक अधिकारको कटौती, नागरिक स्वतन्त्रता कटौती तथा कानुनी शासन कमजोर बनाएको आरोप लगाएका छन् ।

यसका साथै सरकारले प्रक्रिया पूरा नगरी निर्वासित गर्न थालेको भन्दै विरोध भएको छ । ट्रम्पको भन्सार शुल्क युद्धका कारण अमेरिकामा अन्य देशहरूबाट आउने वस्तुहरूको मूल्य बढेको छ। यसको सिधा असर आम नागरिकको खर्चमा परेको छ।


प्रतिक्रिया