`

दुनियाँका धेरै समृद्ध देशहरू छन्, जहाँ लोकतन्त्र र राजसंस्था सँगसँगै छन्ः अध्यक्ष लिङ्देन

Nepal One HD १२ वैशाख २०८२ १५:४०
राजनीति

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपाले राजसंस्थाको पक्षमा कुरा गर्नु लोकतन्त्रको विरुद्धमा नभएको बताएका छन् ।

शुक्रबारको प्रतिनिधिसभा बैठकमा अध्यक्ष लिङ्देनले राजसंस्थाको कुरा गर्नु लोकतन्त्रको विरोध गर्नु नभएको बताएका हुन् । उनले भने, ‘राजसंस्था र प्रजातन्त्र एकअर्काका विकल्प होइनन्, दुनियाँका धेरै समृद्ध देशहरू छन्, जहाँ लोकतन्त्र र राजसंस्था सँगसँगै छन् । त्यसैले राप्रपाले यहाँ राजसंस्थाको पक्षमा कुरा गर्नु लोकतन्त्रको विरुद्धमा होइन । यो गलत भाष्य निर्माण नगरियोस् ।’

उनले पार्टी का वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रलाई रिहा गर्न माग गरेका छन् । उनले भने, ‘म गृहमन्त्रीजीलाई भन्न चाहन्छु, तपाईंहरू प्रजातन्त्रको पक्षमा हुनुहुन्छ, न्यायको पक्षमा हुनुहुन्छ भने रविन्द्र मिश्रलगायतका मान्छेहरूलाई छोड्नुस् ।’

अध्यक्ष लिङ्देनले घटनाको छाबिन गर्न न्यायिक आयोग गठन गर्न माग समेत गरेका छन् । उनले चैत १५ गते कांग्रेस नेताका छोरा भाटभटेनीको रक्सी लुटपाटमा संलग्न रहेको आरोपमा पक्राउ परेको दाबी गरेका छन् ।

अध्यक्ष लिङ्देनले रक्सी लुटेर जाँदै गर्दा पक्राउ गरिए पनि पछि कांग्रेस नेताका छोरा भएकै थाहा भएर छोडिएको बताए । उनले त्यसबारे आफूहरूसँग प्रमाण रहेको बताए ।


प्रतिक्रिया